वीरगन्ज ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को महामारी तथा समग्र जनस्वास्थ्यको विषयमा अनावश्यक टिप्पणी नगर्न सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।
जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायहरूले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणीले धेरैलाई द्धिविधा बनाउने र भ्रमित बनाउने गरेको मन्त्रालये जनाएको छ ।
अनाधिकृत सूचना तथा जानकारी प्रकाशन प्रसारण गर्ने कार्य नगर्नलाई सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।