वीरगन्ज । पर्सामा टेस्टिङ्ग्को दायरा घटेसँघै आज मात्रा १८ जना संक्रमित थपिए को छ्न। नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ।
गत २४ घण्टामा मात्र ४ हजार ७ सय ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित छन्।
प्रदेश २ को धनुषामा ११७, पर्सा १८, बारामा २९, महोत्तरीमा ३४, रौतहटमा १७, सप्तरीमा ४७, सर्लाहीमा ४० र सिरहामा ११ जनामा कोरोना पाइएको छ।