• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुनमा एमाले स्वास्थ्य विभागको १३ बुँदे सुझाव

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७८, सोमबार १८:०२
  • ३१४१

    वीरगन्ज । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभागले  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा समावेश गर्नुपर्ने विषयबारे स्वास्थ्य मन्त्रालयलाई सुझाव पेस गरेको छ।

    पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख  खगराज अधिकारीले सोमबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई भेटेर सुझाव सहितको पत्र बुझाएका हुन्।

    विभागले देशका विभिन्न ठाउँहरुमा बेलाबखत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा उपचार सम्बन्धि विषयलाई लिएर हुने हातपात, तालाबन्दी वा तोडफोड हुने विषयमा ध्यानाकर्षण भएको समेत जनाएको छ।

    विभागले उक्त अध्यादेशमा गाली गलौज, अपमान तथा सामाजिक संजालमा तथ्यहिन अफवाह फैलाउनेलाई समेत सजायको व्यवस्था हुनुपर्ने, धेरै ठूलो संयन्त्र बनाँउदा बैठकको निम्ति जुट्नै गाह्रो हुने हुन सक्छ। समितिलाई ९ देखि ११ सदस्यिय बनाउने त्यसमा सम्बन्धित काउन्सिल प्रतिनिधि राख्ने,  समितिमा सरकारी प्रतिनिधिको बहुमत हुनेगरी नेपाल चिकित्सक संघ, नेपाल दन्त चिकित्सक संघ र नेपाल नर्सिङ संघको प्रतिनिधि राख्दा उपयुक्त हुने सुझाव दिएको छ।

    यस्तै,  सजाय खण्डमा न्युनतम सजाय मतियारलाई ३ बर्ष र मुख्य दोषीलाई ५ बर्ष सजाय तोक्नु पर्ने,  यो व्यवस्था संगठित संस्थामा कार्यरत स्वास्थ्यकर्मीको हकमा समेत सधैं लागु हुने, स्वास्थ्य आपतकाल घोषणा भएको वा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको वा सङ्क्रामक रोग निर्मुल वा रोकथाम गर्न आदेश जारी भएको अवस्थामा सजाय दोब्बर हुनुपर्ने  व्यवस्था राख्न सुझाव दिएको छ।

    कसूर गरेमा हुने सजायमा जरिवाना वा कैदको ठाउँमा जरिवाना र कैदको व्यवस्था हुनुपर्ने,  ठाउँ ठाउँमा रहेको ‘स्वास्थ्यकर्मी’ भन्ने शव्दपछि ‘वा स्वास्थ्य सँस्थामा कार्यरत कर्मचारी’ भन्ने शव्दहरु थप्न गर्न सुझाव दिइएको छ।

    विभागले  चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागु भएको अवस्थामा संगठित संस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको कर्तव्यपालनको सिलसिलामा ज्यान गएमा कम्तिमा २५ लाखको स्वास्थ्य बीमा, संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागु भएको अवस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको  सार्वजनिक संस्थामा निःशुल्क स्वास्थ्योपचारको विशेष व्यवस्था, एक चिकित्सक/एक स्वास्थ्यकर्मी, एक संस्थाको व्यवस्था, मुख स्वास्थ्यको कार्यक्रम समेत प्राथमिकतामा राख्ने, कार्यबोझ अनुरुप चिकित्सक, दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्ने विषयमा पनि सुझावहरु स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ।

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशको ड्राफ्ट कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलमा रहेको छ।

    यसअघि नेपाल चिकित्सक संघले पनि स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमणको घटना बढ्दै गएकाले आक्रमण गर्नेलाई गैर जमानती कानुन सहितको व्यवस्था अध्यादेश मार्फत ल्याउन माग गरेको छ।

    यस्तो छ एमाले स्वास्थ्य विभागको सुझाव

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश बारे

    देशका विभिन्न ठाउँहरुमा बेलाबखत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा उपचार सम्बन्धि विषयलाई लिएर हुने हातपात, तालाबन्दी वा तोडफोड हुने विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । यसै सिलसिलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६  लाई संसोधनका लागि तयार परिएको अध्यादेशमा निम्नानुसार सम्बोधन हुनका लागि यो प्रस्ताव पेश गरिएको छ ।

    १.    गाली गलौज, अपमान तथा सामाजिक संजालमा तथ्यहिन अफवाह फैलाउनेलाई समेत सजायको व्यवस्था हुनुपर्ने ।

    २.    धेरै ठूलो संयन्त्र बनाँउदा बैठकको निम्ति जुट्नै गाह्रो हुने हुन सक्छ । समितिलाई ९ देखि ११ सदस्यिय बनाउने त्यसमा सम्बन्धित काउन्सिल प्रतिनिधि राख्ने ।

    ३.    समितिमा सरकारी प्रतिनिधिको बहुमत हुनेगरी नेपाल चिकित्सक संघ, नेपाल दन्त चिकित्सक संघ र नेपाल नर्सिङ संघको प्रतिनिधि राख्दा उपयुक्त हुने ।

    ४.    सजाय खण्डमा न्युनतम सजाय मतियारलाई ३ बर्ष र मुख्य दोषीलाई ५ बर्ष सजाय तोक्नु पर्ने ।

    ५.    यो व्यवस्था संगठित संस्थामा कार्यरत स्वास्थ्यकर्मीको हकमा समेत सधैं लागु हुने ।

    ६.    स्वास्थ्य आपतकाल घोषणा भएको वा विपद्‍ सङ्‍कटग्रस्त क्षेत्र घोषणा भएको वा सङ्‍क्रामक रोग निर्मुल वा रोकथाम गर्न आदेश जारी भएको अवस्थामा सजाय दोब्बर हुनुपर्ने ।

    ७.    कसूर गरेमा हुने सजायमा जरिवाना वा कैदको ठाउँमा जरिवाना र कैदको व्यवस्था हुनुपर्ने ।

    ८.    ठाउँ ठाउँमा रहेको ‘स्वास्थ्यकर्मी’ भन्ने शव्दपछि ‘वा स्वास्थ्य सँस्थामा कार्यरत कर्मचारी’ भन्ने शव्दहरु थप्ने ।

    चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा उपयुक्त स्थानमा निम्नानुसारको व्यवस्था समेत राख्नु पर्ने

    १.    संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागु भएको अवस्थामा संगठित संस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको कर्तव्यपालनको सिलसिलामा ज्यान गएमा कम्तिमा २५ लाखको स्वास्थ्य बीमा

    २.    संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागु भएको अवस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको  सार्वजनिक संस्थामा निःशुल्क स्वास्थ्योपचारको विशेष व्यवस्था

    ३.    एक चिकित्सक/एक स्वास्थ्यकर्मी, एक संस्थाको व्यवस्था

    ४.    मुख स्वास्थ्यको कार्यक्रम समेत प्राथमिकतामा राख्ने

    ५.    कार्यबोझ अनुरुप चिकित्सक, दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्ने

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑