• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्व प्रदेश प्रमुखहरु रिसाए राष्ट्रपति र प्रधानमन्त्रीसङ्ग

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७८, सोमबार १३:३५
  • २३४९

    बिरगंज । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद् विघटन: पूर्वप्रदेश प्रमुखहरू प्रा.डा.गोविन्दबहादुर तुम्वाहाङ, बाबुराम कुँवर र दुर्गाकेशर खनालले जनताको सार्वभौम थलो प्रतिनिधि सभालाई प्रधानमन्त्री र राष्ट्रपतिले नियोजित रूपमा निजी कम्पनीजस्तै बनाएको बताएका छन् ।उनीहरूले सर्वोच्चबाट जनप्रतिनिधिमूलक संस्था र संविधानको रक्षा हुने विश्वास पनि व्यक्त गरेका छन् ।

    उनीहरूले सबैभन्दा बढी सदस्य भएको एमाले संसदीय दल नेताको हैसियतमा संविधानको धारा ७६ (३) बमोजिम राष्ट्रपतिबाट दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका केपी ओलीले ३० दिनभित्र संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिने संवैधानिक बाध्यात्मक कर्तव्य पूरा नगरी नियोजित रूपमा संसद् विघटन गरेको भनाइ राखेका हुन् ।धारा ७६ (४) बाट आउने परिणामअनुरूप संवैधानिक मार्गलाई निरन्तरता दिनुपर्नेमा स्वार्थ र सत्ता लिप्साको बशिभूत भई पूर्वनियोजित मत सल्लाहबाटै प्रतिनिधिसभा विघटन गराइएको जिकिर उनीहरूको छ ।

    अपिलमा उल्लेख छ, ‘त्यो नहुँदो हो त प्रतिनिधि सभाबाट शेरबहादुर देउवाको समर्थनमा १४९ जना सदस्यले हस्ताक्षर गरी राष्ट्रपतिबाट संविधानको धारा ७६ (५) बमोजिम आव्हान भएअनुसार नै पत्र बुझाउँदा दुराशयपूर्वक दाबी नपुग्ने भन्ने राष्ट्रपतिको भनाइलगत्तै ओलीले जेठ ७ को मध्यरातमै धारा ७६ (७) को सिफारिस अनुसार प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकिने नै थिएन ।’

    कोभिड महामारी व्यवस्थापन हुन नसकी काबु बाहिरको भयङ्कर परिस्थितिमा संविधानविपरित स्वेच्छाचारी,निरङकुश एवम् सर्वसत्तावादी जनविरोधी कदम चालिएको अपिलमा उल्लेख छ । उक्त विषयमा सर्वोच्च अदालतमा रिट निवेदनसमेत दायर भइसकेको अवस्थामा संविधानको व्याख्या भई प्रतिनिधिसभा पुनर्स्थापित हुने विश्वाससमेत व्यक्त गरिएको छ ।‘राष्ट्रपति र प्रधानमन्त्रीज्यूका एक पटक,दुईपटक हैन बारम्बार र धेरैपटक संविधानको भावना र मर्मविपरितका थुप्रै कार्यहरू विवादित र आलोचित रूपमा रहेका छन्,’ प्रदेश प्रमुखहरूले भनेका छन्, ‘आरम्भदेखि नै संविधानको कार्यान्वयन,पालना र संरक्षणमा इमान्दारी र संरक्षकत्व देखिएन ।’

    पक्षपात,गुटगत र निजी स्वार्थका लागि संविधान र कानुनको दुरुपयोग एवम् अपव्याख्या गरिएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रप्रमुख र सरकार प्रमुखबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई तमाशा बनाउन खोजिएको पनि उनीहरूले बताएका छन् ।‘हुँदाहुँदा सार्वभौमसत्तासम्पन्न जनताद्वारा निर्वाचित प्रतिनिधि सभालाई आफ्नै प्राइभेट कम्पनी जस्तै महिनैपिच्छे विघटन गर्ने निरंकुशता र सर्वसत्तावाद प्रदर्शित भैरह्यो,’ सार्वजनिक अपिलमा उल्लेख छ, ‘यस्तो अपकार्यले संविधानको जीवन क्षय हुँदै जाने छ ।संविधान नै मासियो भने त्यसपछिको स्थिति अनुमान गर्न सकिँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधान रक्षा गर्न सबै लोकतन्त्रवादी एक हौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑