बिरगंज । जनता समावादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा ठाकुर पक्ष सरकारमा सहभागी हुने विषयमा कुराकानी भइरहेको बताइएको छ ।सरकारमा जाँदा कहिले जाने कति मन्त्रालय जसपाले पाउने लगायतका विषयमा प्रधानमन्त्रीसँग कुराकानी गर्न ठनकुर र महतो आज बिहान १० बजे बालुवाटार पुगेका थिए ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले जसपाको कार्यकारिणी समितिको बहुमतले पार्टी निर्णय विपरति ठाकुर ओलीलाई समर्थन गर्न गएका भन्दै ठाकुर सहित नेता महतो,लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टी करण सोधेको थियो । जसपामा पूर्व राजपाका नेताहरु ठाकुर र महतो ओलीलाई समर्थन गर्नु पर्छ भन्ने पक्षमा छन् ।
तर यादव पक्ष भने प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेका भन्दै ओलीलाई साथ दिनुहुँदैन भन्ने पक्षमा छ । ठाकुर र महतो पक्ष सरकारमा गए जसपा फुट्नेछ । “जसपाका एक नेताका अनुसार ओलीले जसपा बिगतमा पनि फुटाउन खोजेका थिए अब ओलीकै कारण फुट्ने भयो” ।जसपाले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको बताइएको छ । तर प्रधानमन्त्री जसपाले भने अनुसार नदिने पक्षमा रहेका बताइएको छ ।