• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना जितेकाको खोपपछि जीवनभर रहिरहन्छ इम्यूनिटी, बुस्टर डोज नचाहिने

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७८, सोमबार १३:२०
  • ३४६५

    बिरगंज । कोरोना भएपछि हामीलाई कति दिनसम्म पुनः संक्रमण हुँदैन ? मैले कोरोनाको दुबै डोज लिइसकेको छु, अब म कति दिनका लागि सुरक्षित छु ?कोरोनासँग सम्बन्धित यी दुबै प्रश्नको जवाफ अमेरिकामा खोजिएको छ । केही दिन अघि साइन्स जर्नलनेचरमा प्रकाशित भएका दुई शोधका अनुसार कोरोनाविरुद्ध प्रतिरोधी क्षमता कम्तीमा एक वर्षदेखि धेरैजसो मामिलामा जीवनभर रहने गर्छ । यो इन्युनिटी (प्रतिरोधी क्षमता) खोप लगाएपछि थप सुधार हुन्छ ।कोरोना जितेकाहरुलाई खोपको बुस्टर डोज आवश्यक पर्दैनः

    दुबै अनुसन्धानमा स्पष्ट रुपमा यो पत्ता लागेको छ कि कोरोना जितेकाहरु धेरैजसो मानिस, जसलाई पछि भ्याक्सिन लगाइएको छ, उनीहरुलाई बुस्टर डोजको आवश्यकता पर्दैन । यद्यपि, जो संक्रमित भएका छैनन् वा जसमा संक्रमित भएपछि पपन बलियो प्रतिरोधी क्षमता विकसित भएको छैन, उनीहरुलाई भने बुस्टर वा दोस्रो डोजको आवश्यकता पर्छ । यद्यपि, यस्ता मानिसहरुको संख्या निकै कम हुन्छ ।दुबै रिपोर्टले यस्ता मानिसहरुको अनुसन्धान गरेको छ जसलाई एक वर्ष अघि कोरोना भएको थियो ।भाइरसलाई याद राख्ने कोसिकाले आवश्यकता पर्दा बनाउँछ एन्टीबडीः

    वासिङ्टन युनिभर्सिटीका ज्याक्सन एस टर्नर, एलिजावेता कालाइदिना, चार्ल्स डब्ल्यू गास आदिको पहिलो रिपोर्टका अनुसार भाइरसलाई याद राख्ने कोसिका बोन म्यारो अर्थात् हड्डी भित्र स्पोन्जजस्तो तन्तुमा बनिरहेको हुन्छ र आवश्यक पर्दा एन्टीबडी बनाउन सुरु गर्ने गर्छ ।बायोलोजी रिचर्स वेबसाइट BioRxiv मा अनलाइन पोस्ट गरिएको अर्को अनुसन्धानका अनुसार बी सेल्स नामको यो कोसिका संक्रमण भएको कम्तीमा १२ महिनासम्म परिपक्व र बलियो हुने गर्छ ।कोरोनाको संक्रमण वा खोपका कारण बनेको यो प्रतिरोधी क्षमता लामो समयसम्म रहिरहन्छः

    युनिभर्सिटी अफ पेन्सिल्वेनियामा इम्यूनोलोजिस्ट स्कट हेन्सलका अनुसार यी दुबै अनुसन्धान लगातार सार्वजनिक भइरहेका ती अनुसन्धानसँग मेल खान्छन् जसले यो बताउँछ कि कोरोनाको संक्रमण वा खोपपश्चात् पैदा हुने प्रतिरोधी क्षमता लामो समयसम्म रहिरहन्छ ।बुस्टर डोज बिना नै भाइरसका भेरियन्टलाई निस्प्रभावी बनाइदिन्छ बी सेल्सःन्यूयोर्कको रकफेलर युनिभर्सिटीकी इम्युनोलोजिस्ट मिशेल नसनवेगका अनुसार कोरोना संक्रमणपश्चात् लगाइएको खोपले बी सेललाई यति शक्तिशाली बनाउँछ कि यसले बुस्टर डोज बिना नै भाइरसको भेरियन्टलाई निस्प्रभावी बनाउन सक्छ ।रकफेलरले कोसिकाको मेमोरी मेचुरेशन अर्थात् स्मृति परिपक्वतामाथि अनुसन्धान गरिसकेको छ ।

    डा. नसनवेगका अनुसार जसलाई कोरोना भएको छ र जसलाई भ्याक्सिन लगाइएको छ, उनीहरुमा एन्टीबडी पर्याप्त मात्रामा थिए किनभने उनीहरुको एन्टीबडी पनि लगातार विकसित भइरहेको हुन्छ । यी एन्टीबडी लामो समयसम्म कायम रहने आशा गरिएको छ ।जसलाई कोरोना भएको छैन, उनीहरुलाई भ्याक्सिनपछि बुस्टर डोज आवश्यकःडा. नसनवेगका अनुसार यस्तो नतिजा भ्याक्सिन लगाउनेहरुमा मात्रै देखिने होइन किनभने इम्यून मेमोरी प्राकृतिक रुपमा हुने संक्रमणको तुलनामा भ्याक्सिनबाट पैदा हुने इम्यूनिटीको मामिलामा भिन्न–भिन्न काम गर्छ । अर्थात्, यदि कसैलाई कोरोना भएको छैन र उसले भ्याक्सिन लगाएको छ भने उसलाई बूस्टर डोजको आवश्यकता पर्छ ।

    नयाँ कोरोनाभाइरसका लागि स्पेसिफिक बी सेल्सलाई हेर्नका लागि सेन्ट लुईसमा वासिङ्टन युनिभर्सिटीको अली एलेबेडीको नेतृत्वमा अनुसन्धाताले तीन महिनाको अन्तरालमा एक महिना अघि कोरोनाद्वारा संक्रमित भइसकेका ७७ जनाको रगतको परीक्षण गरे ।यी ७७ जनामध्ये ६ व्यक्तिलाई मात्रै कोरोनाको गम्भीर संक्रमणका कारण अस्पतालमा भर्ना गरिएको थियो अन्य सबैलाई कोरोनाका साधारण लक्षण थिए । उनीहरुमा एन्टीबडीको स्तर संक्रमणको चार महिनासम्म तीब्र रुपमा घट्यो र त्यसपछि महिनौंसम्म क्रमशः कम हुँदै गयो ।

    एन्टीबडी घट्नु कमजोर प्रतिरोधीःकेही वैज्ञानिकले एन्टीबडी यसरी घट्नुलाई कमजोर प्रतिरोधी बताएका छन् । यस्तै केही अन्य विशेषज्ञका अनुसार यो अपेक्षित छ । यदि रगतमा एन्टीबडीज धेरै छ भने यो चाँडै नै एउटा मोटो स्लजमा परिवर्तन हुन्छ ।डा. एलेबेडीका अनुसार कोरोना भ्याक्सिन सबैले लगाउनुपर्छ । संक्रमित भइसकेका व्यक्तिले पनि । संक्रमित हुनुको अर्थ यो होइन कि तपाईंसँग सुपर इम्यून सिस्टम छ ।डा. एलेबेडीको अनुसन्धानमा भाग लिएका पाँचजनाले संक्रमित भएको सात वा आठ महिनापछि बोन म्यारो डोनेट गरे । जसमा उनीहरुले पाए कि बी सेल्स त्यतिबेलासम्म पनि उनीहरुको बोन म्यारोमा स्थिर थिए ।

    जीवनभर रहन सक्छ एन्टीबडीःसन् २००७ मा भएको एक ऐतिहासिक शोधमार्फत् थाहा हुन्छ कि एन्टीबडी दशकौंसम्म जीवित रहन सक्छ सायद औसत आयुभन्दा पनि बढी । यसले के कुरालाई संकेत गर्छ भने मेमोरी बी सेल्स लामो समयसम्म रहने गर्छ ।डा. नसनवेगको समूहले समयसँगै बी सेल्स कसरी परिपक्व हुन्छन् भनेर निकै नजिकबाट नियाले । अनुसन्धाताले ६३ भन्दा बढीको रगत परीक्षण गरे जो लगभग एक वर्ष अघि कोभिड–१९ बाट निको भएका थिए । धेरैजसोलाई निकै साधारण लक्षण थिए र २६ जनाले मोडर्ना वा फाइजर–बायोएनटेक भ्याक्सिनको कम्तीमा एउटा डोज लगाइसकेका थिए ।न्यूट्रलाइजिङ एन्टीबडी ६ देखि १२ महिनाको बीचमा पनि परिवर्तन हुँदैनन्ः

    डा. नसनवेगको समूहले पुनः संक्रमणलाई रोक्नका लागि आवश्यक न्यूट्रलाइजिङ एन्टीबडी ६ देखि १२ महिनाको बीचमा पनि परिवर्तन नभएको पत्ता लगाए । जबकी सम्बन्धित तर कम महत्वपूर्ण एन्टीबडी क्रमशः गायब भए ।डा. नसनवेगको अनुसन्धानले के बताएको छ भने जो व्यक्ति कोरोनाद्वारा संक्रमित भइसकेका छन् र जसले कोरोनाको भ्याक्सिन लगाइसकेका छन्, उनीहरुमा भ्याक्सिनको बुस्टर डोज बिना नै भाइरसको खतरनाक भेरियन्टसँग लड्ने क्षमता लामो समयसम्म रहन्छ ।रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
  • भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु
  • राजावादीले सुरु गरे धर्ना
  • राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    News

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    News

    राजावादीले सुरु गरे धर्ना

    News

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    News

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑