• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन घट्यो कोरोना परीक्षण ?

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७८, सोमबार ०६:१८
  • ५२७३

    वीरगन्ज ।आइतबार देशभरमा जम्मा ४ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना महामारीको दोस्रो लहरकै सबैभन्दा धेरै ९४८३ संक्रमित वैशाख २८ गते एकै दिन थपिएको थियो भने जेठको दोस्रो साता औषतमा दैनिक ८ हजार संक्रमित भेटिएका थिए ।तर तेस्रो साताको पहिलो दिन अर्थात १५ गते ४४८७ जनामा संक्रमण पुष्टि भयो भने १६ गते अर्थात आज अझ घटेर ४३६९ मा आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो तथ्यांक हेर्दा एक महिनादेखि निषेधाज्ञा झलिसकेका आम नागरिकलाई कोभिड-१९ को संक्रमण नियन्त्रणउन्मुख लाग्नु स्वभाविक हो । तर दैनिक परीक्षणलाई हेर्ने हो भने पछिल्ला दुई दिनमा दैनिक पहिचान हुने संक्रमितको संख्या आएको गिरावट स्वभाविक देखिन्न ।मन्त्रालयको तथ्यांकअनुुसार अघिल्लो सातासम्म २० हजार हाराहारी रहेको परीक्षण शनिबार घटेर १४ हजार ७५२ मा आइपुगेको छ । आइतबार त देशभरमा १२ हजार ७७० नमुना मात्र परीक्षण भएको पाइएको छ ।

    गतेपरीक्षणसंक्रमित
    जेठ ११८,५४८८,१६७
    २१९,८८३७,२६८
    ३२२,०८७९,२४७
    ४२०,९७९८,२०३
    ५२१,८४७८,१७३
    ६२२,०८७८,३०५
    ७२३,२२६८,६०७
    ८२०,१०५८,९८०
    ९१९,९२६७,९१४
    १०२०,४५३७,४२५
    ११२२,९३६८,६३६
    १२१९,३५२६,७१४
    १३२०,९९२६,९३९
    १४२०,११०६,९५१
    १५१४,७५२४,४८७
    १६१२,७७०४,३६९

    परीक्षण आधा नै घट्दा पनि संक्रमण दर भने उस्तै छ । जेठ १४ गते २० हजार ११० नमुना परीक्षण गर्दा ६ हजार ९५१ मा संक्रमण पुष्टि भयो । संक्रमण दर ३४.५६ प्रतिशत छ । १६ गते आइतबार कोरोना परीक्षण घटेर १२ हजार ७७० मा झरेको छ भने ४३६९ मा संक्रमण देखिएको छ । संक्रमण दर भने ३४.२३ प्रतिशत देखिएको छ ।

    कहाँ घट्यो परीक्षण ?

    काठमाडौं उपत्यकामा १६ वैशाखदेखि जारी निषेधाज्ञालाई यही शुक्रबारबाट निकै कडा पारिएको छ । शनिबारबाट एकाएक परीक्षण घटेको छ ।

    घट्दो परीक्षणको ठूलो हिस्सा बाग्मती प्रदेशकै छ । मन्त्रालयको तथ्यांकअनुसार जेठ १४ गते बाग्मती प्रदेशका सबै प्रयोगशालामा गरी ११ हजार ३३७ नमुनाको पीसीआर परीक्षण भएको थियो । १५ गते घटेर ७ हजार ९२ मा आइपुगेको छ भने १६ गते आइतबार ४७१५ नमुना मात्र परीक्षण भएको छ । संक्रमण दर भने ३५ प्रतिशत भन्दामाथि नै छ ।

    गाउँगाउँमा एन्टिजेन पुगेका कारण प्रयोगशालासम्म आएर कोरोना परीक्षण गर्नेहरु कम भएको हुनसक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताउँछन् । ‘एन्टिजेन स्थानीय तहहरुमा पठाएका छौं । गाउँमै परीक्षण हुने भएपछि त्यसको पर्खाइमा बसेको हुन सक्छ’ उनले भने, ‘अन्य कारणहरु भए अध्ययनपछि मात्रै भन्न सकिन्छ ।’

    तर जुन अनुपातमा पीसीआर टेष्ट घटेकोछ, त्यसअनुसार एन्टिजेन टेष्ट बढेको छैन । मन्त्रालयको तथ्यांकअनुसार १४ जेठमा ७९७ र १५ गते ७४६ जनाको एन्टिजेन परीक्षण भएको थियो । आइतबार १६ गते भने एन्टिजेन परीक्षण गराउनेको संख्या बढेर १७८४ जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले भने एन्टिजेन परीक्षण केही दिनपछि अझ बढ्ने उनले बताए ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. लुना झा भने समुदायमा संक्रमण कम हुँदै गएका कारण परीक्षण कम हुन गएको हुनसक्ने बताउँछिन् । उनका अनुसार दोस्रो लहरमा संक्रमण उच्च हुँदा संक्रमण दर ४४.४९ प्रतिशत थियो । ‘संक्रमण दर उच्च हुँदा एकैपटक परीक्षण गर्ने संख्या ठूलो थियो,’ उनले भनिन्, ‘पछिल्लो समय संक्रमण दर घटेसँगै परीक्षण पनि १२ हजारको हाराहारीमा आएको छ ।’

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. अपुन बास्तोला पनि दुई साता अघिको तुलनामा सिकिस्त भएर आउने विरामीको संख्या केही कम भएको बताउँछन् । तर अझै पनि समुदायमा संक्रमण भएकाले परीक्षण गरेर संक्रमितको पहिचान गर्नुपर्ने बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑