वीरगन्ज । सरकारले सार्वजनिक यातायातमा अनलाइन टिकेटको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनका अनुासार सार्वजनिक यातायात क्षेत्रमा ईटिकेटिङ प्रणाली लागु गरिनेछ ।
त्यस्तै सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित गर्न प्राधिकरण गठन गरिने समेत उनले बताए । ‘मालबाहक ढुवानीमा जीपीएस प्रणाली राखिने,’ उनले भने ।