बीबीसी। उत्तर प्रदेश प्रहरीका अनुसार अलिगढ जिल्लामा विषालु रक्सी पिएका ११ जनाको ज्यान गएको छ।
रक्सी बेच्ने पसलेसँग लाइसेन्स भने रहेको प्रहरीको भनाई छ। रक्सीको नमूना जाँचका लागि सम्बद्ध निकायमा पठाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी जाँचबुझ गरिरहेको छ।