• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ को बजेट कोरोना रोकथाममा केन्द्रित, तर सत्तापक्षबाटै असहयोगको डर

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०७८, शनिबार ०२:१६
  • २६१३

    वीरगन्ज । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याउने बजेटमा कोरोना महामारी रोकथाम र जनताको जीवनरक्षासम्बन्धी कार्यक्रममा बढी केन्द्रित हुने बताइएको छ।
    यसै वर्षभित्र प्रदेश सभाको निर्वाचन घोषणा हुन सक्ने सम्भावनासमेत रहेकाले यस वर्षको बजेटलाई निकै महत्वपूर्ण मानिएको छ।आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बजेटको आन्तरिक कार्यहरु भइरहेको बताए। भने, ‘बजेट मुख्यतः कोरोना भाइरसको संक्रमणलाई रोक्न र प्रदेशवासीको जीवन रक्षामा केन्द्रित हुनेछ।’

    मन्त्री यादवले प्रदेश सरकारले अहिले जारी राखेको कोरोना महामारीविरुद्ध अभियानलाई प्राथमिकतामा राखेर बजेट तयारी भइरहेको बताए। मन्त्री यादवले वीरगन्ज संजालसँग कुरा गर्दै संघीय सरकारको बजेटकै आधारमा प्रदेशको बजेट तयार हुने भएको हुँदा संघीय बजेटको प्रतीक्षा भइरहेको बताए।

    संघीय बजेट प्रस्तुत भएलगत्तै प्रदेशको बजेट बनाउने काम द्रुत गतिमा बढ्ने मन्त्री यादवले बताए। भने, ‘संघीय बजेटले प्रदेशको लागि केकति विनियोजन गर्छ सोहीअनुसार प्रदेशको बजेट बढ्ने वा घट्ने छ।’ यद्यपि गत वर्षको तुलनामा बजेट केही बढ्ने उनले जनाए।
    बजेट निर्धारित समय सीमाभित्र नै आउने मन्त्री यादवको भनाइ छ।  तर सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रमा देखिएको विवाद र लगभग पार्टी नै दुई कित्ता विभाजन देखिएको हुँदा बजेट ल्याउन ढिलाइ हुने अवस्था पनि देखिन्छ।
    मुख्यमन्त्री लालबाबु राउत प्रदेशमा बजेट ल्याउनुअघि पार्टीको किचलोलाई पर्खेर बसेका छन्। केन्द्रमा पार्टी विभाजन भएपछि प्रदेशमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने हुँदा मुख्यमन्त्री राउत ‘पर्ख र हेर’ को नीतिमा छन्।
    केन्द्रमा देखिएको जसपाभित्रको विवाद र विपक्षी दलहरु कांग्रेस, माधव नेपाल पक्षका एमाले र  माआवादी केन्द्रको दबाबमा मन्त्रिमण्डल फेरबदलमा समेत रहेको तथा प्रदेश सरकारप्रति देखिएको असन्तुष्टिले सरकारको नीति तथा कार्यक्रम पारित गर्न सत्तापक्षबाटै असहयोग हुने जोखिम पनि उत्तिकै छ।
    यद्यपि सरकारले सभासदहरुलाई फकाउन बजेटमा योजनाहरु समावेश गर्ने विषयमा आन्तरिक छलफल थालेको बताइएको छ।
    अर्थमन्त्री यादवले केन्द्रमा पार्टी विभाजन भए पनि प्रदेशमा सरकार पूर्वराजपा र पूर्वसमाजवादीकै हैसियतमा चलेको हुँदा खासै समस्या नआउने बताए। उनले भने, ‘पार्टीको केन्द्र विभाजन भए पनि प्रदेशमा दुवै दल अझै समायोजन नभएकाले त्यसको प्रभाव पर्ने सम्भावना न्यून छ।’
    बजेटभन्दा पहिले सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसका लागि प्रदेश सभा तयारी अवस्थामा रहेको प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए। यादवको अनुसार प्रदेश सरकारले बजेट अधिवेशन आह्वान गरेपछि भौतिक दूरीलाई दृष्टिगत गर्दै सदन सुचारु हुनेछ।
    अर्कोतर्फ प्रदेशमा विकास योजनाको काममा भने व्यापक ढिलाइ भइरहेको छ। अहिलेसम्म कुनै पनि योजनाको काम पूरा हुन सकेको छैन। भौतिक पूर्वाधार, समाजिक , कृषि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयहरुको योजना हालसम्म ५० प्रतिशत पनि नभएको अवस्था छैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑