बीरगंज । मलेसिया सरकारले एक जुनदेखि १४ जुनसम्म लकडाउन गर्ने भएको छ । देशमा कोरोना संक्रमण बढ्न थालेपछि मलेसियाले १४ दिन लकडाउन गर्ने भएको हो ।
शुक्रबार मलेसियाका प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशभर लकडाउन गर्ने निर्णय गरेको हो । उक्त अवधिमा अत्यावस्यक सेवाबाहेक अन्य सबै क्षेत्र बन्द हुनेछ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिका अनुसार देशभर शुक्रबारसम्म ७० हजार सक्रिय संक्रमित रहेको र २ हजार ५५२ जनाको मृत्यु भएको छ ।
मलेसियामा नयाँ भेरियन्टको भाइरस तीव्र रुपमा फैलिएको र अस्पतालको क्षमतामा कमि आएको विज्ञप्तिमा जनाइएको छ ।