बीरगंज । विभिन्न जेलमा सजाय भुक्तानी गरिरहेका ४३० जना कैदीहरूले माफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेदेखि लागू हुने गरी ४३० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।
शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी विभिन्न कसुरमा सजाय भोगिरहेका ४३० कैदीलाई माफी दिइएको जनाएको छ ।