बारा | बारामा आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ । बारामा पनि कोरोनाको संक्रमण दर तिब्र रुपमा बढिरहेको सन्दर्भमा फेरि आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ १६ गते सकिन लागेको थए पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार कोरोनाको संक्रमण चेन ब्रेक गर्न फलदायी देखिएकाले निषेधाज्ञा बढाइएको उनले बताए ।
थपिएको निषेधाज्ञा जेठ १६ गते राति १ बजेदेखि आगामी जेठ २२ गते राति १२ बजेसम्म लागु हुनेछ । थपिएको निषेधाज्ञा केही थप र संशोधनसहित जारी भएको छ ।
हेर्नुहोस् थप र संशोधनसहित जारी भएको निषेधाज्ञा अनुसार के गर्न पाईन्छ र के गर्न पाइदैन