• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोनाविरुद्धको खोप आयातमा १० दिनभित्र ब्रेक थ्रु हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७८, शुक्रबार १६:३०
  • २१८१

    बीरगंज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड —१९ विरुद्धको खोपबारे दश दिनभित्र ब्रेक थ्रु हुने बताएका छन् । यसका लागि चीन र अमेरिकासँग कुटनीतिक छलफल भइरहेको उनले बताए । नेपालले कोरोनाविरुद्धको खोपका लागि चीन, बेलायत, अमेरिका रुससँग औपचारिक तथा अनौपचारिक रुपमा पहल गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिएका हुन् ।

    शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको एक कार्यक्रममा खोपका विषयमा यी चार राष्ट्रमध्ये चीन र अमेरिकासँग सकारात्मक छलफल र पहल भइरहेको उनले बताए । ‘कोरोनाविरुद्धको खोपहरू क्लिनिकल ट्रायलको क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको थियो, अहिले चीन, रुस, अमेरिका, बेलायतलाई पत्राचार गरिसकेका छौँ,’ उनी भन्छन्, ‘चीन र अमेरिकासँग खोप खरिदका बारेमा बढी केन्द्रित भएर अघि बढिरहेकाले आगामी दश दिनभित्र खोपको ब्रेक थ्रु हुन्छ, त्यसमा दुईचार दिन तलमाथि सक्छ ।’

    चीनले खोप ९० राष्ट्रलाई सहयोग र व्यापारिक सम्झौतामा उपलब्ध गराएको हुँदा चीनले नेपाललाई खोप दिने विश्वास व्यक्त गरे । अमेरिकासँग पनि ६ करोड एस्ट्राजेनेकाको खोप स्टक भएको पहल भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

    ‘अमेरिकाले एस्ट्राजेनिका खोप प्रयोग गरेको छैन । एस्ट्राजेनिकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेका छौं, अमेरिकाको प्रक्रिया कति लामो हुँदो रहेछ भने सबैभन्दा पहिला त्यहाँको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले स्वीकृत, औषधी विभाग ,रेगुलेटरी बोर्ड र त्यहाँका सुरक्षा निकायले ओके गरेपछि मात्र वितरण हुनाले हुने भएकाले केही समय लाग्न सक्छ,’ उनी भन्छन्, ‘नेपाललाई अमेरिकाले प्राथमिकतामा राखेको उहाँहरुले जानकारी दिनुभएको छ ।’

    नेपालले पहिलो चरणमा चीनसँग ५० लाख जोड र जोनसोन एण्ड जोनसोनसँग ५० लाख जोड खरिद गर्ने उनले बताए । ‘खोप एकैपटकमा धेरै ल्याएर हामीसँग भण्डारण गर्ने क्षमता छैन,’ उनी भन्छन, ‘२०२१ सम्म लक्षित समुहलाई खोप लगाउन अभियान सञ्चालन गर्नेछौं ।’

    असमान खोप वितरणले विकासशील राष्ट्र मर्कामा

    कोरोनाविरुद्धको खोप असमान तरिकाले वितरण गर्दा विकासशील राष्ट्रहरुले समस्या भोगेको उनले बताए । ‘विश्वमा खोपको असमान वितरणले असाध्यै डरलाग्दो समस्याको रुपमा देखिएको छ, संयुक्त राष्ट्र संघ महासचिव, विश्व स्वास्थ्य संगठनका महासचिव, विकासशील देशका धेरै प्रधानमन्त्री र राष्ट्रपतिहरूले खोपको असमान वितरण बारे बोलिरहनुभएको छ,’ उनी भन्छन्, ‘९५ प्रतिशत खोप १५ विकसित देशहरुमा सिमित छन्, बाँकी ५ प्रतिशत खोप १६० भन्दा बढी देशमा अभियान चलाइएको छ ।’

    कोरोनाविरुद्धको खोपमा व्यापक कोलाब्रेसनमा जरुरी देखिएको उनको भनाइ छ । भविष्यमा यस्तै खालको समस्या आउन सक्छ भनेर सुरुमै विश्व स्वास्थ्य संगठन, गाभी लगायतका संस्थाले समन्वय गरेपनि समयमै खोप उपलब्ध गराउन नसकेको उनले बताए ।

    कोभ्याक्सले मार्च महिनासम्म १९ करोड डोज खोप प्रदान गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म ५ करोड डोज खोप मात्रै उपलब्ध गराएको छ । विश्वमा खोपको असमान वितरण डरलाग्दो समस्याका रुपमा रहेको भन्दै उनले खोप खरिदका लागि बजेट सुनिश्चित भएपनि असमान वितरणका कारण नै खोप समयमै उपलब्ध हुन नसकेको जानकारी दिए । कोभ्याक्स सुविधामार्फत नेपाललाई १९ लाख मात्रा खोप उपलब्ध गराउन भनिएको थियो । तर, नेपालले कोभ्याक्समार्फत ३ लाख ३८ हजार कोभिशिल्ड खोप प्राप्त गरेको छ ।

    कोभिड खोप खरिदका लागि ३६ अर्ब सुनिश्चित

    परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोप खरिदका लागि ३६ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको जानकारी दिएका छन् । खोप खरिदका लागि बजेट सुनिश्चत भएपनि असमान वितरणले खोप प्राप्त गर्न समस्या भएको उनको भनाइ छ । ‘हामीलाई श्रोतको अभाव पनि छैन, हामी अनुदानको खोप मात्र पर्खिएर बसेका पनि छैनौं,’ उनी भन्छन, ‘मुख्य समस्या उत्पादन र आपूर्ति ग्याप छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑