बीरगंज । पछिल्लो २४ घन्टामा मुलुकभर ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।२० हजार ११० पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमण पाइएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म मुलुकभर ५ लाख ४९ हजार १११ जनामा कोरोना संक्रमण भएको छ । यस दिन कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटेको छ । यस दिन ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा ९ हजार ८ सय ४१ जना संक्रमित उपचारपछि निको भएका छन् । यससँगै मुलुकभर हालसम्म कोरोना निको हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ ।