• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपाल पठाउने १० लाख चिनियाँ खोप तयार, शनिबारसम्म आइपुग्‍ने

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०७८, बिहीबार २०:४५
  • २३०९

    बेइजिङ । चीनले नेपाललाई उपलब्ध गराउने खोप नेपाल पठाउन तयारी हालतमा राखेको छ । नेपालबाट कुनै समय विमान पठाएर त्यो खोप लैजान सक्ने जानकारी चिनियाँ पक्षले दिएको छ । राष्ट्रपति सी चिनफिङले बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादमा नेपाललाई अनुदान स्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

    जुन नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दुई राष्ट्रपतिबीचको संवादलगत्तै आफ्नो ट्विटरमार्फत् जानकारी गराएकी थिइन् । सोहीअनुरूप चीन सरकारले नेपाललाई दिने भनिएको १० लाख डोज खोप तयार रहेको बेइजिङस्थित नेपाली  दूतावासलाई जानकारी गराएको छ ।

    अग्रिम भुक्तानी गरेर पनि भारतले खोप उपलब्ध नगराएको अवस्थामा चीनले भने प्रतिबद्धता जाहेर गरेको दुई दिनमै खोप तयार पारेको हो । छिमेकी मुलुक चीनले विभिन्‍न देशबाट खोपको माँग हुँदाहुँदै पनि नेपाललाई प्राथमिकता राखी तुरून्तै दश लाख डाेज खोप अनुदान स्वरूप उपलब्ध गराउन लागेको हो । चीनका लागि नेपालका राजदूत महेन्द्र बहादर पाण्डेले बिहीबार नै चीन सरकारले दूतावासलाई खोप तयार रहेको जानकारी गराएको बताए ।

    ८ लाख डोज खोप बेइजिङमा तयार रहेको र बाँकी दुई लाख डोज खोप तिब्बत सरकारले नै नेपालसम्म पठाउने व्यवस्था गर्ने जनाएको उनले जानकारी दिए । साथै बेइजिङमा खोप लिनका लागि बन्दोबस्त गर्नु भनिएको पनि दुतावासले जनाएको छ ।

    ‘यो जानकारी पाएलगत्तै आज (बिहिबार) दिउँसै नेपालमा पत्राचार गरिसकेको छु, मेरो ध्यान भनेको जतिसक्दो चाँडो खोप नेपाल पुर्‍याउने हो । यहाँ बेइजिङमा ८ लाख खोप तयार छ,’ राजदूत पाण्डे भने । सूचना पाएलगत्तै नेपाली दूतावासले नेपालको सम्बन्धित निकायलाई छिटोभन्दा छिटो विमान पठाउन आग्रहसहित पत्राचार गरिसकेको छ ।

    बेइजिङस्थित नेपाली दूतावास निरन्तर रूपमा खोप तथा अन्य स्वास्थ्य सामग्री पठाउन सक्रिय रूपमा लागिपरेको  पनि उनले बताए । स्रोतका अनुसार, भोलि शुक्रबार नै नेपाल वायुसेवा निगमको विमान उक्त खोप लिन बेइजिङ उड्ने छ । शनिबार बिहानसम्म नेपालमा १० लाख डोज खोप पुग्‍ने अवस्था बनेको दूतावासका अधिकारीले बताए ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार भोलि राति जहाजले चीन उडान भर्ने बताए । ‘भोलि राति ११:३० बजे जहाज चीन जाँदैछ । जहाज स्वास्थ्य सामग्री लिन जान लागेको हो ।  जहाज कुम्‍निङ जान लागेको हो’ उनले भने ।

    यसबाहेक, चीनले नेपाललाई ८ लाख खोप अनुदानमा दिइसकेको छ । सो खोप चीनले दिएको करिब तीन महिनापछि मात्र नेपाल सरकारले नेपालको राष्ट्रिय ध्वजाबाहक विमान पठाइ नेपाल पुर्याइएको थियो, जुन खोप हाल नेपालमा दोस्रो चरणमा लगाउने क्रम जारी छ ।

    कोरोना महामारीको अस्त्र भनेकै खोप, खोप र खोप भइसकेको अवस्थामा यसको माग विश्वमा अत्याधिक छ । यसबाहेक पनि छिमेकी मुलुक चीनले विभिन्‍न देशबाट माँग हुँदाहुँदै पनि नेपाललाई प्राथमिकता राखी हाल पनि दश लाख खोप अनुदानस्वरूप उपलब्ध गराएको अवस्थामा नेपाल सरकारले छिटोभन्दा छिटो यो खोप लैजानु अत्यावश्यक छ । नेपालको हालको अवस्थालाई मत्थर गर्ने मुख्य साधन खोप नै हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑