वीरगंज । चर्चित अभिनेत्री मनीषा कोइरालाले वीरगंजस्थित नारायणी अस्पताललाई चार थान भेन्टिलेटर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
अभिनेत्री कोइरालाको तर्फबाट नेपाली काँग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्र किशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. उदयनारायण सिहलाई भेन्टिलेटर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु गरेको थियो ।अभिनेत्री कोइरालाको तर्फबाट सय/सय थान फेससिल्ड र पिपिई सेट तथा ३ थान फूल फेस मास्क प्रदान गरिएको थियो ।
कोरोना महामारीको दोस्रो लहरमा वीरगंज तथा मध्य तराईका जिल्लाहरू बढी प्रभावित भएको भन्दै र नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी पाएपछि अभिनेत्री कोइरालाले सहयोग स्वरूप भेन्टिलेटर पठाउनु भएको हो ।अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र लाभले नारायणी अस्पतालको अभावलाई मध्य नगर गर्दै अभिनेत्री कोइरालाले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा पत्रकार चन्द्र किशोरले सर्वसाधारण जनताको उपचारको केन्द्र सरकारी अस्पताल भएकोले नारायणी अस्पतालले आफ्नो सेवालाई अझै प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।