प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।रौतहटमा हालसम्म कोरोना संक्रमणबाट ८६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय रौतहटमा १ हजार ३२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २ सय ३८ जना निको भएका छन् ।