भारतमा | भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार १३५ जना संक्रमणमुक्त भएका छन्। यससँगै भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २४ लाख १९ हजार ९०८ पुगेको छ।
यस्तै, बिहीबार बिहानसम्म थप २ लाख ११ हजार २९८ जनामा संक्रमण देखिएको छ। पछिल्लो केही हप्तादेखि भारतमा नयाँ संक्रमितको घट्दै गइरहेको छ। संक्रमण मुक्त हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ।
भारतमा थप ३ हजार ८४७ कोरोना संक्रमितको मृत्यु हुँदा कूल मृतकको संख्या ३ लाख १५ हजार २३५ पुगेको छ।
भारतमा कोरोनाको नयाँ संक्रामक भेरियन्टले संक्रमण बढाएको थियो। जसकारण गम्भीर बिरामी पर्ने र मृतकको संख्या बढेको थियो। हाल भने संक्रमितको ‘रिकभरी रेट’ ९० प्रतिशत पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।