वीरगन्ज । कोरोना भाइरससंक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ ।
सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा बिहीबार बिहान मृत्यु भएको हो । करिब एक महिनाअघि देखि उहाँ सैनिक अस्पताल छाउनीमा उपचाररत हुनुहुन्थ्यो ।
उहाँलाई स्वास्थ्यमा समस्या भएपछि चारदिन अघिमात्र भेन्टिलेटरमा राखेर उपचार जारी थियो । केही महिनाअघिमात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर फर्किनुभएका केसी सेनामा व्यवसायिक र अब्बल अधिकृतका रूपमा परिचित हुनुहुन्छ ।