• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जुकरबर्गले दिएका सफलताका १० सूत्र

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०७८, बिहीबार ०४:०५
  • ४४१७

    वीरगन्ज । मार्क जुकरबर्ग फेसबुकका संस्थापक तथा परिकल्पनाकार हुन् । ३४ वर्षीय अमेरिकी युवा जुकरबर्ग पछिल्लो समयमा सबैभन्दा कम उमेरका खर्बपति बनेका छन् ।सबुकबाट मात्रै उनी वार्षिक ४६ खर्ब ३४ अर्ब रुपैयाँ आम्दानी गर्छन् । उनीसँग अहिले एक सय ५० खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेको स्रोत बताउँछ ।

    कलिलो उमेरमै सफलता हासिल गरेका उनै फेसबुकका जन्मदाता जुकरबर्गले आफूजस्तै सफल व्यवसायी हुन अरूलाई सुझाब दिएका छन् ।

    उनका १० सुझाब यस्ता छन् :

    १. महत्वाकांक्षी हुनुहोस्, सकेसम्म ठूलै सपना देख्नुहोस्

    केही कुरा तपाईंकै पालामा निर्माण गर्नुहोस् । ताकि, त्यसले संसारलाई केही सकारात्मक परिवर्तन गर्न सहयोग पुर्‍याओस् । जसबाट आउने पुस्ताले पनि प्रेरणा लिऊन् ।

    केही गर्ने मार्गदर्शक सिद्धान्तहरू तयार पार्नुहोस् । सानै भए पनि काम गर्नुहोस् । तर, सधैँ ठूलो सोच राख्नुहोस् । सपना पनि सधैँ विशाल देख्नुहोस् । आममानिसको जीवन सुधार्ने खालका काम गर्नुहोस् । उनीहरूलाई पनि यसमा जोड्नुहोस् ।

    २. सुपर भावुक हुनुहोस्

    तपाईं केही विशेष काम गर्न सक्ने मानिस हो भन्ने सधैँ मनमा राख्नुहोस् । एकैचोटि ह्वात्तै धेरै पैसा आउने कामतिर मात्र ध्यान नदिनुहोस् । तपाईंले गर्ने काम जस्तोसुकै सानो या ठूलो किन नहोस्, मात्र तपाईं त्यो कामप्रति प्यासोनेट हुन जरुरी छ ।

    त्यसप्रति इमानदार पनि हुनुहोस् । एक दिन तपाईं अवश्य सफल हुनुहुनेछ, खासगरी आइटी संसारमा, जहाँ निरन्तर नयाँ विचारहरू आउँछन् र लामो समयसम्म प्रयोग गरिन्छ ।

    ३. सीमा आए भत्काउनुहोस्, अघि बढ्नुहोस्

    तपाईं बसेको समाज तपाईंलाई राम्रो र विशेष लागिरहेको हुन सक्छ । तर, यदि तपाईंले चाहने हो भने त्योभन्दा पनि राम्रो संसार सिर्जना गर्न सक्नुहुनेछ । तपाईं बसेको समाज मात्र नभएर संसारै बदल्ने साहस राख्नुहोस् । तर, अरूको नक्कल (कपी) नगर्नुहोस् ।

    पूरै विश्वलाई फाइदा पुग्ने काम गर्ने आँट गर्नुहोस् । यसका लागि जोखिम आए मोल्न पछि नपर्नुहोस् । यसैबीच, सीमाहरू आए तोड्नुहोस् । बाधा आए भनेर आफ्नो व्यवसायलाई साँघुरो घेरामा नखुम्च्याउनुहोस् । यस्तो सम्भव छ ।

    आममानिसको अवधारणा परिवर्तन गराएर भए पनि तपाईंले आफ्नो सही उद्देश्यलाई सफल बनाउन सक्नुहुनेछ ।

    ४. तपाईंले गरिरहेको सबैभन्दा महत्वपूर्ण काम गर्नुहोस्

    ‘मैले सबैभन्दा महत्वपूर्ण कुरा (काम) गरिहेको छु । के म सधैँभरि यसरी नै गरिहन सक्छु ?’ हरेक दिन आफैँले आफैँलाई प्रश्न गर्नुहोस् । तपाईंले गरिहेको काम सबैभन्दा समस्याको काम (महत्वपूर्ण) होस् भन्ने फिल गर्नुहोस् ।

    यो काम देश र समाजका लागि नगरी नहुने छ भन्ने सोच राख्नुहोस् । सफल नभएसम्म आनन्द नलिनुहोस् ।

    ५. मिहिनेत र कडा परिश्रम गर्नुहोस्

    तपाईंले देखेको सपना वास्तविकतामा परिणत गर्न सम्भव भएसम्म सबै इफर्ट लगाउनुहोस् । कुनै पनि काम सफल हुनका लागि मिहिनेत चाहिन्छ ।

    त्यसैले कडा परिश्रम गर्नुहोस्, अवश्य सफल हुनुहुनेछ । आफ्नो लक्ष्य पूरा गर्न केही कुरा त्याग गर्नसमेत तयार हुनुहोस् ।

    ६. आफैँलाई विश्वास गर्नुहोस्, काममा एकाग्र हुनुहोस्

    तपाईं आफ्नो क्षमतामा केही कमी छैन भन्ने महसुस गर्नुहोस् । अरूलाई आफूप्रति नकारात्मक भावना आउन नदिनुहोस् । आफू सही बाटोमा हिँडेपछि कसैको पनि परवाह नगर्नुहोस् ।

    आफ्नो व्यवसायबारे अपडेट हुँदै व्यवसायको व्यवस्थापनमा ध्यान दिनुहोस् । आफ्ना ग्राहकलाई सधैँ मूल्यवान् सम्झिनुहोस् । आलोचनालाई मनन गर्दै थप सुधारको माध्यम बनाउनुहोस् । यस्ता कुरा डायरीमा दिनहुँ नोट गर्नुहोस् ।

    ७. लचिलो हुनुहोस्, परिवर्तन गर्न इच्छुक हुनुहोस्

    व्यवसाय भनेको परिवर्तनशील हुन्छ । हरेक दिन नयाँ उत्पादन ग्राहकले खोज्छन् । यसो भन्दै गर्दा पुराना उत्पादनलाई पनि बोझ नसम्झिनुहोस् । आफ्नो व्यवसायलाई प्रत्येक दिन तपाईं फ्रेस आँखाले हेर्नुहोस् । बिस्तारै सुधार गर्दै जानुहोस् । नयाँ क्रान्तिका लागि अघि बढ्नुहोस् ।

    ८. सधैँ दबाबमा रहनुहोस्

    तपाईं एउटा उद्यमी हो । भित्री र बाहिरी दुवै रूपमा तपाईंसँग सधैँ स्पष्ट मार्गचित्र र अदम्य साहस हुनैपर्छ । तपाईंको यही क्षमताले दबाबबीच पनि माथि उठ्न मद्दत गर्छ ।

    जति तपाईं आफूले केही गर्नुपर्छ भन्ने दबाब महसुस गर्नुहुन्छ, त्यति नै अघि बढ्नुहुन्छ ।

    ९. वेलैमा काम सक्नुहोस्, पर्फेक्ट नै हुनुपर्दैन

    तपाईं केही काम सक्नुहोस् । यो पर्फेक्ट नहोला । तर, तपाईंले समयमै सक्नुभयो भने त्यो नै सर्वोच्च काम हुनेछ ।

    संसारमा अहिलेसम्म कोही र केही पनि पूर्ण छैन । तसर्थ, आफ्नो तर्फबाट बेस्ट काम गर्ने प्रयास गरे पुग्छ । सबैको चित्त बुझाउने पर्फेक्ट काम गर्नैपर्छ भन्ने जरुरी छैन ।

    यदि तपाईंले कुनै काम सकाउनुभयो भने एक दिन त्यो काम तपाईंले पर्फेक्ट तरिकाले पनि त गर्न अवश्य सक्नुहुनेछ । यही मनन गर्नुहोस् ।

    १०. सामान्य जीवनशैलीमा रहनुहोस्

    यदि तपाईं अर्बपति हुनुभयो भने पनि फर्जी खर्च नगर्नुहोस् । अनावश्यक भड्किला सामग्री, महँगा कार, भव्य महल खरिद या प्रयोग गर्नतिर नलाग्नुहोस् ।

    सधैँ आफ्नो कम्पनीलाई माथिल्लो स्तरमा पुर्‍याउने भन्ने मात्र धाउन्न राख्नुहोस् । यसका लागि तपाईंको निवास पनि सकेसम्म कम्पनीकै परिसरमा होस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑