• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारत र नेपालसँगै यी देशमा छ अत्यधिक कोरोना संक्रमण

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०७८, बिहीबार ०३:०३
  • ४९८१

    वीरगन्ज । हाल विश्वका कतिपय देशहरु आफ्नो सामान्य दैनिकीमा फर्किसकेका छन् भने अझैं पनि केही देशमा कोरोना संक्रमण अध्यधिक बढिरहेको छ।यसरी संक्रमण नियन्त्रणमा नआउने देशमा नेपालसँगै भारत पनि अग्रणी स्थानमा पर्छन् । भारतमा दैनिक लाखौंको संख्यामा संक्रमित थपिरहेका छन् भने हजारौंको मृत्यु भइरहेको छ ।

    नेपालमा पनि दैनिक संक्रमित हुनेको संख्या नियन्त्रणमा आउन सकेको छैन ।दैनिक हजारौं संक्रमित हुने र सैयौंले कोरोना भाइरसका कारण ज्यान गुमाइरहेका छन् नेपालमा ।तर, हाल विश्वमा नेपाल र भारतसँगै अन्य केही देशहरु कोरोना महामारीसँग जुँधिरहेका छन् । अनय देशमा पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमण अध्याधिक बढिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ ।

    अर्जेन्टिनादेखि ल्याटिन अमेरिकासम्मका केही देशहरुमा कोरोना संक्रमण बढिरहेको उक्त तथ्यांकले खाएको छ ।विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस अडानोम गेब्रियससले केही दिनअघि मात्रै विश्वमा फेरि संक्रमण फैलिनसक्ने र स्वास्थ्य क्षेत्रमा अर्को क्षति पुग्ने क्रास व्यक्त गरेका थिए ।

    मे महिनाको सुरुवातमा भएको पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘भारतको अवस्था नाजुक छ । तर, भारत मात्रै होइन, जहाँ यस्तो अवस्था आएको छ । अहिले धेरै देशहरुलाई आपतकालिन सहयोगको आवश्यकता छ ।’

    संक्रमण उच्च भइरहँदा हाल विश्वमा खोप वितरण पनि प्रभावित भएको छ । अमेरिका र बेलायतजस्ता धनि देशहरुले भ्याक्सिन पाइरहेका छन् भने अफ्रिका र एसियाका गरिब देशहरु खोपको सुविधाबाट बञ्चित भएका छन् ।कोरोना भाइरसले फेरि महामारीको रुप लिनसक्ने शंका भइरहँदा यहाँ केही त्यस्ता देशहरुको चर्चा गरिएको छ, जहाँ भारत र नेपालमा जस्तै अहिले कोरोना संक्रमण उच्च भइरहेको छ ।

    अजेन्टिना

    पछिल्ला केही सातादेखि अज्रेन्टिनामा निरन्तर कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भइरहेको छ । संक्रमित हुनेको संख्यासँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ ।

    दुई दिनअघिसम्मको तथ्यांकमा अज्रेन्टिनामा ३५ लाखभन्दा धेरै मानिस संक्रमित भइरहेको देखिन्छ भने ७४ हजार जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, हालसम्म १९.२५ प्रतिशत नागरिकले मात्रै कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप पाएका छन् ।

    मार्च महिनामा दैनिक पाँच हजार संक्रमित देखिरहेको अज्रेन्टिनामा गत बुधबार एकैदिन ३९ हजार जनामा संक्रमण देखिएको थियो । त्यस्तै मार्च १ मा ११२ जनाको ज्यान गएको उक्त देशमा गत मंगलबार एकैदिन ७४४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए ।

    क्षतिग्रस्त स्वास्थ्य सेवाका बिच अज्रेन्टिनामा अर्को संकट आइलागेको त्यहाँका राष्ट्रपति अल्बर्टो फरनान्डेजले बताएका छन् । गत बिहीबार उनले भनेका थिए, ‘हामी महामारी सुरुभएपछि सबैभन्दा खराब नियती भोगिरहेका छौं ।’

    बरहाइन

    बरहाइनमा ५१.८ प्रतिशत नागरिकले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज पाइसकेका छन् ।तर, पनि बह्राइनमा हाल संक्रमितको संख्या बढिरहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मे २३ सम्म बरहाइनमा २ लाख १८ हजारभन्दा धेरै संक्रमितको संख्या पुगेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या ८२० पुगेको छ ।

    आफ्नो जनसंख्याको आधाभन्दा धेरैलाई पहिलो डोज खोप लगाइसकेको बरहाइनमा मार्चको सुरुवातमा दैनिक ६ सय हाराहारीमा संक्रमित थपिइरहेका थिए ।तर, यो संख्या अहिले तीन गुणाभन्दा धेरैले बढेको छ । गत हप्ताको तथ्यांकअनुसार बरहाइनमा दैनिक २ हजारभन्दा धेरै संक्रमित थपिरहेका छन् ।

    बरहाइनले हाल फाइजर, सिनोफ्रार्म र रसियाको स्पुत्निक भ्याक्सिनलाई मान्यता दिएको छ । त्यहाँ देशभर संक्रमितको संख्यामा दैनिक बृद्धि भएपनि मृत्यु हुनेको संख्या भने संक्रमितको तुलनामा कम रहेको देखिन्छ ।

    ताइवान

    ताइवान ती देशहरुमध्येमा पर्छ, जसले कोरोना महामारीको पहिलो लहरमा शून्य बराबरको क्षतिमा आफूलाई सुरक्षित राखेका थिए ।करिब २४ लाख जनसंख्या भएको देशमा पहिलो लहर फैलिरहँदा १ हजार १ सय २८ जनामा संक्रमण देखिएको थियो भने १२ जनाले ज्यान गुमाएका थिए । यो तथ्यांक अप्रिल महिनासम्मको हो ।

    तर, पछिल्ला दिनहरुमा भने ताइवानमा पनि संक्रमण बढिरहेको छ । विश्वका सबैभन्दा कम खोप लगाएका देशमध्येको एक रहेको ताइवानमा हाल दैनिक दुई सयभन्दा धेरैको संख्यामा संक्रमण पुष्टि भइरहेका छन् ।अप्रिल अन्त्यसम्म एक हजार एक सय २८ जना संक्रमित रहेको देशमा हाल ४३ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या झण्डै दोब्बर भएर मे २३ सम्म २३ जना पुगेको छ ।

    ताइवानमा पहिलो लहरको कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकेको भन्दै क्वारेन्टाइनदेखि अन्य पूर्वाधारहरुलाई केही समय छुट गरिएको थियो ।

    तर, गत मध्य अप्रिलबाट फेरि संक्रमण फैलिनसक्ने डर बढेपछि क्वारेन्टाइन, आइसोलेसन लगायतका पूर्वाधारको व्यवस्था गर्न थालियो । केही व्यवसायलाई बन्द गर्ने, भिडभाड कम गर्ने र सिमानाका बन्द गरेतापनि ताइवानमा संक्रमण बढिरहेको छ ।अन्य देशको तुलनामा ताइवानमा बढिरहेको संक्रमणको संख्या कम देखिएपछि जनसंख्यासँगको तुलनामा यहाँ फैलिरहेको संक्रमणले ताइवानमा महामारी निम्त्याउन सक्ने खतरा देखिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑