• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना कहरबीच महोत्तरीमा धानखेतीको चिन्ता

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०७८, बुधबार १६:४२
  • २६६९

    वीरगन्ज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ८ बजराही गाउँ बस्ने किसान रामआश्रय मण्डललाई धानखेती कहिले थाल्ने भन्ने चिन्ता शुरु भएको छ ।उनी दुई विगहामा धानखेती गर्ने किसान हुन् । प्रत्येक वर्ष धानखेतीबाटै उनले आफ्नो १७ जनाको परिवार पाल्ने गर्दछन् । यसपालि भने उनलाई धानखेतीको लागि कुनै जोरजाम हुन नसकेकोमा चिन्ता बढेको छ । उनीजस्तै उनका छिमेकी रामबाबु चौधरी पनि आफ्नो पाँच विगहा खेतमा यसपालि धान कसरी लगाउने भन्ने चिन्तामा डुबेका छन् । गाउँमा धानखेती गर्नेमा अब्बल मानिने उनलाई पनि अहिले दिनरात यसपालि धानबाली कसरी लगाउने भन्ने पिरलो छ ।

    यस्तै समस्या यही गाउँका असर्फी साहको पनि छ । आफ्नो चार विगहा जग्गामा प्रत्येक वर्ष उनी रोपाइँ गर्छन् । बजराही गाउँका आशनारायण मण्डल, बैजु साह, बद्री झा, श्यामकान्त झा, सुल्तान कवारी, अनिल पाठक जस्ता दर्जनौँ धानखेती गर्ने किसानले कोरोनाको कहरमा धानखेती कसरी गर्ने भन्ने जुक्ति निकाल्दै छन् ।कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका साथै किसानहरुसँग प्रत्यक्ष सरोकार रहेका कृषि ज्ञान केन्द्र, कृषि तथा बीउ बिजन प्रयोगशाला, खाद्य मल संस्थान, बीउ बीजन तथा मल खाद्य पाउने हाट बजार र पसलहरु अहिले बन्द छन् । यसकारण पनि यहाँका किसान धानखेतीबाट बञ्चित हुने हो कि भन्दै चिन्तामा परेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीले कोरोनोको बढ्दो संक्रमण दर र मृत्यु सङ्ख्यालाई मध्यनजर गर्दै गत वैशाख २२ गतेदेखि जिल्ला सदरमुकाम जलेश्वरसहित यहाँका १५ वटै स्थानीय तहमा जारी गरेको निषेधाज्ञा जारी छ । निषेधाज्ञाको बेला जिल्लाको कुनै पनि हाट बजार, पसल, उद्योग, कल कारखाना र सरकारी कार्यालय समेत सञ्चालनमा नहुँदा किसानहरुले धान खेतीका लागि आवश्यक बीऊ बिजन र मल खाद्य पाउन सकेका छैनन् ।

    बजराहीका किसानजस्तै जिल्लामा धानखेतीका लागि राम्रो मानिएका गौशाला, रामगोपालपुर, औरही, मटिहानी नगरपालिका र एकडारा, सम्सी, सोनमा गाउँपालिकाका किसानहरुको पनि समस्या यस्तै रहेको उनीहरुले बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश महतोले निषेधाज्ञाका कारण सरकारी कार्यालय सहकारी संस्था तथा हाट बजारमा यसपालि धानको बीऊ नआएको र बीऊ नहुँदा आफूले ब्याड तयारी गरेर पनि अहिलेसम्म बीऊ छर्न नपाएको बताए ।

    उनीजस्तै स्थानीय हजारी साहले आफूले यसपालि धानखेती गर्ने सबै खेतहरु पहिलेदेखि नै खनजोत गरी तयार गरिसकेको भएपनि ती खेतमा लगाउने बीऊ अहिलेसम्म खसाल्न नपाएको सुनाए । सरकारी अनुदानमा आउने उन्नत जातका बीऊ र मल यसपाली आफूले कोरोनाको निषेधाज्ञाकै कारण ल्याउन नपाएको बताउँदै अब कहिले ल्याउने, कहिले छर्किने र कहिले ब्याड तयार गर्ने भन्दैछन् यहाँका किसान ।

    त्यसैगरी जिल्लाको सीमानाकामा अवस्थित सोनमा गाउँपालिका– ४ का किसान बिकाऊ यादवले सरकारले हाम्रो सरोकारको कृषि कार्यालय, मल खाद्य संस्थान र जिल्लाका हाट बजार बन्द गर्नुका साथै भारतसँगको सिमानाका समेत पूर्ण रुपले बन्द गरेकोले समस्यामा परेको बताए । किसानहरु यसपाली निषेधाज्ञाले गर्दा भारतीय बजारमा पनि पुग्न सक्ने कुनै बाटो नभएकोले यसले धानखेतीमा समस्या थप्ने बताउँछन् ।

    महोत्तरी जिल्लामा जम्मा ७१ हजार ५१७ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ४४ हेक्टर जग्गामा धानखेती हुने गर्दछ । यसले पनि वर्षभरि खान भने पुग्दैन । यसपाली त झन् यो सबै जग्गामा पनि खेती गर्न सकिने अवस्था देखिएको छैन । किसानहरुले आफ्नो खेत खनजोत गरी तयार गरिसकेका छन् । जेठ महिनाको पहिलो र दोस्रो सातामा नै प्रत्येक किसानले बीऊ छर्ने बेला हो । बेर्नाका लागि बीउ छर्न नै उनीहरुले पाएका छैनन् ।

    कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका प्रमुख डा रामचन्द्र यादव किसानहरु अहिले नै बीऊ छर्न सकेन भन्ने यसपालि जिल्लामा धान रोपाईमा समस्या हुने बताए । उनले सो कार्यालयमा किसानहरुलाई ‘उन्नत बीऊ बीजन वितरण गर्ने कार्यक्रम’ नरहेको पनि बताए । उनले जिल्लामा व्यवसायिक रुपमा धान खेती गर्ने किसानहरुले बीऊ उत्पादन गर्ने फारामहरुबाट बीऊ खरिद गरी ल्याएमा कार्यालयले ५० प्रतिशत रकम अनुदान दिने बताए । उनले आफूहरुले कार्यक्रम नै नरहेको अवस्थामा सो कार्यालयमा बीऊ बिजन नआएकोले यस कार्यालयले किसानहरुलाई बीऊ बीजन उपलब्ध गराउन नसकेको बताए ।

    त्यसैगरी महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसँग किसानहरुले समस्याका बारेमा जानकारी गराउँदै बीऊ बिजन र मलका लागि कृषि कार्यालय, कृषि सम्बन्धी हाट बजार, मल खाद्य पसल तथा कृषि प्रयोजनकै लागि स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर भारत आऊजाऊको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

    किसानहरुले पनि आफ्नो मागको सम्बन्धमा आ–आफ्ना स्थानीय निकाय ९पालिका० का जनप्रतिनिधिसहित प्रदेश र केन्द्रका जनप्रतिनिधि, किसान र कृषिसँग सम्बन्धित सम्पूर्ण कार्यालय, मन्त्रालय विभाग तथा सरोकारवाला सबैको ध्यानाकर्षणका लागि आग्रह समेत गरेका छन् । किसानहरुले जिल्लामा बीऊ र मलको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । साथै उनीहरुले अहिले धान उब्जनी नगरे आउँदा दिनमा खाद्य सङ्कट हुने भन्दै सबैको ध्यानाकर्षण गराएका छन् ।

    नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो

    । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑