• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना रोकथाममा सक्दो सहयोग गर्ने चिनियाँ प्रतिवद्धता

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०७८, बुधबार १६:३७
  • ४३७७

    वीरगन्ज । बुधबार नेपाल र चीनका राजनीतिक दलबीच भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारुढ नेकपा (एमाले)का महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कांग्रेस नेता नारायण खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबरालगायत नेताले नेपालको तर्फबाट सम्बोधन गरे।

    बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका सीपीसीको तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओलगायत नेता सहभागी थिए। बैठकमा बोल्दे चिनियाँ पक्षले महामारीमा नेपाललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महामारी नियन्त्रणका लागि चीन सरकारले नेपाललाई मेडिकल सामग्री उपलब्ध गराउनु खुसीको कुरा भएको बताए।
    ‘कोरोना महामारीको समयमा चीन सरकारले नेपाललाई मेडिकल सामग्री उपलब्ध गराउनु खुसीको कुरा हो’, प्रचण्डले भने।

    उनले हिमाल, नदी र संस्कृतिसँग दुई देशबीचको सम्बन्ध जोडिएको भन्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल्लेख गरे। ‘हिमाल, नदी र संस्कृतिसँग दुई देशबीचको सम्बन्ध जोडिएको नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ’, उनले थपे। बैठकमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको सम्झनासमेत गरेका छन् । भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चीन सरकारले नेपालका लागि स्वास्थ्य सामग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति धन्यवाद दिएका छन्। कोरोनाविरुद्धको खोपमा चीनले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै पोखरेलले कोरोना नियन्त्रणमा नेपाललाई अझै सहयोग आवश्यक भएकोमा जोड दिए।

    ‘चीन सरकारले नेपालका लागि स्वास्थ्य सामग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति धन्यवाद दिन चाहन्छौँ’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको छ।’नेपाली कांग्रेसका नेता नारायण खड्काले कोरोना महामारीका कारण स्वास्थ्य सामग्रीको अभावमा रहेको नेपाललाई चीनले गरेको सहयोगप्रति धन्यवाद दिए। कोरोना नियन्त्रणमा चीनबाट नेपालले सिक्नुपर्नेमा उनले जोड दिएका छन्। खड्काले नेपालले महामारीका कारण ठूलो क्षति बेहोर्नु परेको छ । अहिले पनि अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाउनु परेको कुरा उल्लेख गरे ।

    जसपा अध्यक्ष उपेन्द्र यादवले दुई देशबीच असल मित्रताको सम्बन्ध रहेको उल्लेख गर्दै महामारीको समयमा उपलब्ध गराएको खोपका लागि धन्यवाद दिए। उनले चीनले उपलब्ध गराएको खोप र स्वास्थ्य सामग्रीले नेपालीको जीवन रक्षा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनियाँ सहयोगप्रति धन्यवाद दिएका छन्। तिमल्सिनाले चीनले अघि सारेको बीआरआई परियोजनामा नेपालले हस्ताक्षर गरेको तीन वर्ष पुगिसकेको बताउँदै यसको कार्यान्वयन गर्नुपर्ने समय आइसकेको बताए। उनले बैठकमा महामारीकै बीच नेपालमा राष्ट्रिय गौरवका आयोजनाको काम जारी रहेको उल्लेख गरेका छन्।

    नेमकिपाका अध्यक्ष बिजुक्छे र राप्रपा अध्यक्ष राणालेसमेत कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिँदै चीनले पाएको सफलताबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑