वीरगञ्ज । नारायणी अस्पतालस्थित प्रयोशालामा मंगलबार गरिएको परिक्षणमा थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अस्पतालका कोभिड फोकल पर्सन डा. सरोज रोशन दास अनुसार अस्पतालमा विभिन्न स्थानबाट आएका २ सय ८२ जनाको थ्रोट स्वाबको नमुनालाई आरटी-पिसिआर प्रविधिबाट परिक्षण गर्दा १९ महिलासहित ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि हुनेमा पर्साका २४, बाराका २१, रौतहटका ८, सर्लाहीका ६ र ललितपुरका १ जना बासिन्दा रहेका छन् ।
४ वर्षीय बालकदेखि ७५ वर्षीय वृद्धसम्म रहेका उनीहरुको सिटि भ्यालु १३.५ देखि ३५.७ सम्म रहेको डा. दासले जानकारी दिए ।