वीरगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आइपुगेका अक्सिजन सिलिन्डर ‘होल्ड’ नगर्न र एक उद्योगका सिलिन्डर अर्कोसँग साटफेर नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
केही अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज हुँदै गएता पनि एकार्कामा साटफेर हुने गरेकाले समयमा अक्सिजन भर्न नपाइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्रालयले सर्वसाधारणका घरमा प्राविधिक ज्ञानविना अक्सिजन सिलिन्डर नराख्न पनि आग्रह गरेको छ । यसरी अनावश्यक रुपमा घरमा सिलिन्डर राख्दा अस्पतालमा उपचाररत बिरामीलाई अक्सिजन अभाव हुन सक्ने भन्दै मन्त्रालयले यो समयमा संवेदनशील हुन सबैमा आग्रह गरेको छ ।