वीरगन्ज । भारतमा पछिल्लाे चाेबिस घण्टामा २ लाख ८ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन्।केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे चाैबिस घण्टामा २ लाख ८ हजार ९ सय २१ संक्रमित थपिएका हुन्।
याे अवधिमा ४ हजार १ सय ५७ जना संक्रमितकाे मृत्यु भएकाे छ।यस्तै २ लाख ९५ हजार ९ सय ५५ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म भारतमा संक्रमित हुनेकाे संख्या २ कराेड ७१ लाख ५७ हजार भन्दा धेरै पुगेकाे छ।
ती मध्ये २ कराेड ४३ लाख ५० हजार भन्दा धेरै निकाे भैसकेका छन्।अहिलेसम्म ३ लाख ११ हजार २ सय ८८ भारतीयले काेराेना संक्रमणका कारण ज्यान गुमाएका छन्।