वीरगन्ज । जबरजस्ती करणीको आरोपमा ६० वर्षीय एक बृद्ध पक्राउ परेका छन्। बिरुवा गाउँपालिका निवासी दमैलाई २२ वर्षिया एक युवतीलाई पटक पटक जबरजस्ती करणीको आरोपमा दुर्गबहादुर दमैलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार विभिन्न डर, धाक, धम्की देखाउदै जबरजस्ती गर्ने गरेको युवतीको उजुरीका आधारमा पक्राउ गरिएको हो।
दमैले पहिलो पटक गएको असारमा र अन्तिम पटक माघमा जबरजस्ती गरेको उजुरीमा उल्लेख गरेको बताइएको छ। आरोपितलाई पक्राउ गरी जबरजस्ती करणीमा मुद्धा दर्ता भई अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ।