• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सलहकाे झुन्ड इरान हुँदै भारत पुग्याे, तर नेपालमा नियन्त्रणकाे कुनै याेजना छैन

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०७८, बुधबार ०९:०४
  • ३९६५

    वीरगन्ज । पाकिस्तानबाट भारत भित्रिने सहल नेपाल पनि आउने सम्भावना छ । तर यसका लागि कुनै सावधानी अपनाइएको छैन । संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (एफएओ) ले गत १७ मेमा सूचना जारी गर्दै दक्षिण–पश्चिम इरानमा सलहका केही झुन्ड रहेको जनाएको थियो । उक्त झुन्ड पूर्वी पाकिस्तान आउने सम्भावना रहेको उल्लेख गरेको थियो । सोही झुन्ड पाकिस्तान हुँदै भारतकाे उत्तर प्रदेश प्रवेश गरेको हिन्दुस्तानले लेखेको छ ।

    गत वर्ष पनि अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै सलह भारत आइपुगेको थियो । उक्त सलह नेपाल पनि छिरेको थियो । भारतको बिहार हुँदै रूपन्देही, बारा, पर्सा र सर्लाहीमा छिरेको सलहले नेपालका केही जिल्लामा आतंक मच्चाएको थियो । अहिले उत्तर प्रदेशमा देखिएको सलहको झुन्ड नेपाल भित्रिने सम्भावना कति छ ? कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरे भन्छन्, ‘सलह उडेर आउने हुँदा नेपाल छिर्ने सम्भावना हुन्छ । क्षति सकेसम्म कम गराउन उच्च सतर्कता अपनाउने हो ।’

    मन्त्रालयका अनुसार केही जिल्लामा मकैमा अमेरिकी फौजी कीरा देखिइसकेको छ । कीराले कुनै क्षेत्रलाई जीवनचक्र बनाएको प्रवक्ता घिमिरे बताउँछन् । ‘कीराले वर्षैपिच्छे आक्रान्त बनाएको छ । अमेरिकी फौजी कीरा मकैमा देखिइसकेको छ,’ उनले भने, ‘भारतमा सलह देखिएपछि बाली संरक्षणसँग काम गर्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले सतर्कतासाथ काम गरिरहेको छ । जिल्लामा रहेका प्राविधिकलाई सल्लाहसुझाव दिइएको छ ।’

    प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदी भने भारतमा देखिएको सलह नेपाल भित्रिने सम्भावना कम रहेको दाबी गर्छन् । गत वर्ष ५०र६० झुन्डमा सलह थियो । एउटै झुन्डमा करोडौंको संख्यामा सलह देखिएको थियो । विगतमा इरान र पाकिस्तानबाट पनि आएर भारतमा थुप्रिएको थियो । त्यही भएर झुन्ड ठूलो भएको थियो । त्यहाँ बस्न नसक्ने भएपछि सहलको झुन्ड फैलिँदै नेपाल आइपुगेको थियो । तर अहिले राजस्थानमा दुईरचार झुन्ड मात्रै देखिएको प्रवक्ता सुवेदीको भनाइ छ । ‘सीमा क्षेत्रमा भएकाले पाकिस्तानबाट सलह रेगिस्तान आउन सक्छ । गत वर्ष जुन गतिमा सलह उत्पादन भएको थियो, यसपालि त्यति छैन,’ उनले भने, ‘भारतमा पनि भयावह भएको छैन । यहाँसम्म सायद नआउला ।’ सलह प्रायः गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्‍याउँछ । राजस्थानमा बढी मरुभूमि रहेकाले सलहले त्यहाँ ब्रिडिङ धेरै गर्छ । राजस्थानकै कारण भारतमा हरेक वर्ष सलह देखिने गरेको छ । तर पाकिस्तान, अफ्रिका र इरानको मरुभूमिमा सलह उत्पादन भएर झुन्ड भारततर्फ आए मात्रै नेपालमा आउने सम्भावना हुने केन्द्रले जनाएको छ ।

    ‘हामी विभिन्न निकायसँग निरन्तर सम्पर्कमा छौं । एकएक साताको मौसमको अवस्थाबारे जानकारी लिइरहेका छौं । मौसम हेरेर सजगता अपनाउने हो,’ प्रवक्ता सुवेदीले भने, ‘अहिलेको मौसमले सलह नेपालमा आएर दुःख दिन सक्ने अवस्था कम छ ।’ भारतीय सञ्चारमाध्यमले भने पाकिस्तान हुँदै सलह राजस्थान र उत्तर प्रदेशसम्म पुगेको जनाएका छन् । केन्द्रकै भनाइ मान्ने हो भने पाकिस्तानबाट भारत भित्रिने सलह नेपालमा पनि आउने सम्भावना पनि देखिन्छ । तर यसका लागि कुनै सावधानी अपनाइएको छैन ।

    गत वर्ष पनि समयमै सावधानी अपनाउँदा असार १३ मा नेपाल छिरेको सलह तराई, पहाडदेखि हिमालसम्म करिब ५२ जिल्लामा पुगेको थियो । सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको थियो । ती क्षेत्रमा मकै, तरकारी, फलफूल र भटमास बाली गरी करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ । विभिन्न क्षेत्रमा भएको बर्खाका कारण ठूलो क्षति भने भएन । सलह गर्मीरउज्यालोमा मात्रै सक्रिया हुने हुँदा खेतीबालीमा धेरै क्षति नभएको केन्द्रको तथ्यांक छ । कान्तिपुर दैनिकमा खबर छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑