वीरगञ्ज । भारतको बिहार पूर्वी चम्पारण जिल्ला अरेराज घर भएकी २६ वर्षीय सोनी वि.स.२०७५ साल असार ३१ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिप्रामा रहेको उच्च अदालत जनकपुरको अस्थाई इजलास वीरगञ्जको बस्ने अनिल कुमार साहसँग वैवाहिक बन्धनमा बाँधिइन् । बिहेको बन्धनमा बाँधिएको २ महिना नबित्दै सोनीले श्रीमानबाट दुव्र्यवहार भोग्नुपर्यो ।
पिडित को श्रीमान् अनिल साह
शुरु शुरुमा उनले सहेर बस्नुको बिकल्प देखिनन् । आफ्नै श्रीमान हो पछि पछि यस्तो नहोला भन्ने सोचेर उनी मौन बसीन् ।विस्तारै समयक्रम बित्दै गयो । उनले भोगीरहेको दुव्र्यवहारले सीमा नाघ्यो । श्रीमान मात्रै हैन पछि सोनीकी सासु सुगन्धी देवी, ससुरा मुनीलाल साह तेली, देवरहरु प्रभाकर कुमार साह र दिवाकर कुमार साह, र नन्द अनिता कुमारीले समेत कुटपिट गर्ने क्रम बढ्दै गयो ।
पिडित को हात काटिदिएको
आफ्नो माइतीबाट थप दाइजो माग गर भनी दवाव दिएर गरिने अश्लिल शब्दमा गाली गलौज सुन्नु र कुटपिट सहनु सोनीलाई बानी परिसकेको थियो ।
यतिले मात्रै नपुगेर देवर प्रभाकर कुमार साहले चक्कु प्रहार गर्दा छेक्न खोज्दा सोनीको बाँया हात समेत काटिएको छ । २०७७ साल असार २० गते कुटपिट गरेर उनलाई घरबाट समेत निकाला गरे ।पटकपटक यस्तै घटना दोहोरिएपछि २०७८ साल जेठ ८ गते सोधपुछ गर्न जाँदा सोनीका दाई बिटु कुमारसँग केही कुरा नगरी देवर प्रभाकरले फलामको रडले सोनीको टाउको हिर्काएको उनी भन्छिन् । टाउको फुटेर अत्यधिक रक्तश्राव भई भुइँमा लडेपछि अन्य परिवारका सदस्यहरुले पनि हात, लात, मुक्का लगायतले प्रहार गरेर शरीरभरी निलडाम बसेको सोनीले सुनाईन् ।
पिडित को ननद अनिता कुमारी
उनले पटकपटक महिला प्रहरी सेलमा पनि उजुरी दिईन् । तर न्याय पाइनन् । सोनीका दाई बिट्टु कुमारसँगको सल्लाहमा उनले अन्तिममा न्यायका लागि प्रहरी गुहार्नुपर्ने अवस्थाको सृजना भयो ।
पिडित को देवर
तसर्थ वडा प्रहरी कार्यालय श्रीपुरमा जाहेरी दिईन् ।राज्यको चौथो अंग पत्रकारिताको माध्यमबाट थुप्रै समस्याको समाधान हुने र पिडितले न्याय पाउने विश्वासका साथ सोनीले व्यथा सुनाइन |
पिडित को देवर
सो क्रममा वडा प्रहरी कार्यालय श्रीपुरले सोनीले दिएको जाहेरीका आधारमा सोनीका ससुरा मुनीलाल साह तेली, देवरहरु प्रभाकर कुमार साह, दिवाकर कुमार साह, र नन्द अनिता कुमारीलाई पक्राउ गरेको छ । श्रीमान अनिल कुमार भने हाल फरार छन् ।
पिडित को ससुरा मुनिलाल साह
उनको खोजी भइरहेको र आवश्यक अनुसन्धान थालीएको श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिनेश गौतमले बताए । जेठ ९ गते पक्राउ परेका ४ जनामाथी १० गते म्याद थप गराई आवश्यक अनुसन्धान थालीएको प्रहरी निरीक्षक गौतमको भनाई छ ।
पिडित को ठुलो दाइ बचाउन जादा