बिरगंज । सर्वाेच्च अदालतमा विघटित प्रतिनिधिसभाका १४६ सदस्यले दायर गरेको रिटमाथि आज सुनुवाइ नहुने भएको छ ।परमादेश लगायतका विभिन्न आदेश माग्दै शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालसहित १४६ सदस्यले सर्वाेच्च अदालतमा विघटित प्रतिनिधिसभा विघटनविरुद्ध हिजो सोमबार रिट दायर गरेका थिए ।
उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमतको सरकार बनाउन सक्ने भन्दै प्रतिनिधिसभा पुनःस्थापना गरिदिन माग गरेका छन् ।
सर्वोच्च अदालतमा आज दुई वटामात्र इजलास तोकिएका छन् । दुबैमा प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६९५० बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।