• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खोप खरिदका लागि निजी क्षेत्र र स्थानीय तहको सरकारसँग अनुमति माग

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७८, मंगलवार १३:१०
  • २९६५

    बिरगंज । सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि स्थानीय तह र निजी क्षेत्रले खोप खरिदको अनुमति माग गरेको छ ।
    स्थानीय सरकारको हैसियतमा पहिलो पटक कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिद गरेको वीरगन्ज महानगरपालिकाले दोस्रो चरणको कोरोना लहरमा कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई खोप खरिदका लागि अनुमति मागेको हो ।कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्यसहित खोप खरिदका लागि सरकारसँग अनुमति माग गरिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

    उनका अनुसार अमेरिकी कम्पनी फाइजर र रसियन खोप स्पुतनिक–५ खोप राम्रो छ । सरकारले अनुमति दिए मगाएर नगरवासीलाई लगाउने नगर प्रमुख सरावगीले बताए । उनले भने, खोपले नागरिक बचाउन सकिन्छ भने ५÷७ करोड खर्च गरेर खोप आउँछ, किनखर्च नगर्ने ? भनेर अनुमति मागेका हौं ।’

    खोप उत्पादन गर्ने देशमा कम्पनीहरूले नै खोपको डिल गरिरहेको र आफूसँग ती कम्पनीसँग डिल गर्न सक्ने संयन्त्र रहेको उनको भनाइ छ । महानगरपालिकाले नेपाल सरकारले तोकेको नियमअनुसार नै खोप खरिद र प्रयोग गर्ने उनले बताए । आमजनताको जीवन रक्षाका लागि खोप मात्र कोभिडविरुद्धको लडाइँ जित्न सक्ने अस्त्र बनेको छ ।

    समुदाय स्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा लक्षणसहितका संक्रमित बढी देखिएको छ । अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या धेरै छ । अस्पतालमा आईसीयू, भेन्टिलेटरको अभाव देखिएको छ ।सबै नागरिकसम्म खोप पु¥याउन सरकारको तर्फबाट भएका प्रयास ठोस प्रभावकारी हुन नसकेको भन्दै महानगरले स्वास्थ्य मन्त्रालयमा खोप खरिदको अनुमित माग गर्दै पत्र पठाएको छ ।

    यसैबीच निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ ले पनि निजी क्षेत्रलाई खोप खरिद गरेर आयात गर्ने व्यवस्था मिलाउन माग गरेको छ । संघका प्रदेश नम्बर २ अध्यक्ष गणेश लाठले एक विज्ञप्ति जारी गर्दै खोपको सहज पहुँचका लागि निजी क्षेत्रलाई पनि खोपको आयातको अनुमतिदिन माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो लहरको संक्रमण नियन्त्रणमा ल्याउन निकै चुनौती रहेको अवस्थामा फेरि तेस्रो लहर पनि देखा परिसकेको पुष्टि भएको रक तेस्रो लहरको कोरोना संक्रमण अझ खतरनाक रहेको विज्ञहरूको भनाइले थप चिन्ता र त्रास बढाएको छ । अर्कोतर्फ संक्रमितहरूलाई ‘ब्ल्याकफंगल्स’ जस्ता नयाँनौला रोग पनि देखा पर्न थालेकाले आमजनता माझनै सन्त्रास थपिएको छ ।

    श्रृङ्खलामा रोक लगाए पनि लामो समयसम्म यस्तो उपायलाई निरन्तरतादिन सकिँदैन । आर्कोतिर कच्चामाल तथा मानवीय जनशक्तिको अभावका कारण उत्पादनहरू ठप्प हुँदै गएका छन् । मनोरंजन, पर्यटन तथा यातायात व्यवशाय तथा पूर्ण रूपले तहसतहस नै भएका छन् । यस्तो विसमपूर्ण स्थितिबाट निकास पाउन राज्यले दीर्घकालीन उपाय खोज्नुपर्ने अति आवश्यक देखिन्छ ।’

    कोरोना भाइरस विरुद्धको लडाइँमा विभिन्न विकसित राष्ट्रहरूले विकास गरेको खोप नै नेपालको लागि समेत उत्तम एवं निर्णायक अस्त्र रहेको हामी निजी क्षेत्रको बुझाइरहेको जनाउँदै यसको सहज पहुँच र सुविधा पाउनुपर्ने नागरिकको स्वास्थ्यसम्बन्धीहक नेपालको संविधान २०७२ को भाग ३ को मौलिकहक र कर्तव्यअन्तर्गत धारा ३५ स्वास्थ्यसम्बन्धी हकको दफा (१) र (२) (३) मा स्पष्ट व्यावस्था भएअनुसार सबै नागरिकले सहज रूपमा खोप लाउन पाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको जनाएको छ ।

      #

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑