बिरगंज । १७ वर्षकी किशोरीलाई मध्यवैशाखमा सासूले डोर्याउँदै सुत्केरी गराउन हेटौंडा अस्पताल ल्याउँदा स्वास्थ्यकर्मीहरू छक्क परे । ‘दुई दिन भइसक्यो बेथा लागेको, घरमा सुत्केरी हुन नसकेर अस्पतालमा ल्याएको,’ सासू माइली थोकरले स्वास्थ्यकर्मीलाई भनिन् ।
हेटौंडा अस्पतालमा चैतयता डेढ महिनामा २ सय ५६ जना आमा बनेकोमा २० वर्षभन्दा कम उमेरका ४५ जना छन् । यो तथ्यांकले सरदर दिनमा एक किशोरी सुत्केरी हुने गरेको देखाउँछ । तीमध्ये किशोरावस्थामै दोस्रो सन्तान जन्माउनेको संख्या ९ छ । किशोरावस्थामै आमा बन्नेमध्ये अधिकांश मकवानपुरका छन् ।