• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    अमेरिकाले इजराइललाई यत्ति धेरै आर्थिक मद्दत किन दिन्छ ?

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७८, मंगलवार १२:३९
  • २९५३

    बिरगंज । अमेरिकी राष्ट्रपति बाइडेनलाई अब उनकै डेमोक्रेटिक पार्टीका केही नेताले इजराइललाई अमेरिकाले दिने आर्थिक मद्दतमाथि प्रश्न उठाइरहेका छन् ।

    सिनेटर बर्नी सेन्डर्सले इजराइलले यो पैसा कहाँ खर्च गर्छ भन्ने विषयमा अमेरिकाले अत्यधिक निगरानी राख्नुपर्ने बताएका छन् ।

    अमेरिकाले कति दिन्छ आर्थिक मद्दत ?

    सन् २०२० मा अमेरिकाले ३.८ बिलियनको आर्थिक मद्दत इजराइललाई दिएको थियो । यो एउटा लामो समयदेखि गरिँदै आएको आर्थिक मद्दतको हिस्सा हो जसको बचन ओबामा सरकारले दिएको थियो ।

    ओबामा सरकारले सन् २०१६ मा ३८ बिलियन डलरको प्याकेजको सम्झौतामा हस्ताक्षर गरेको थियो जसको अवधि सन् २०१७–२०२८ को हो ।

    यो रकम पछिल्लो दशकको तुलनामा करिब ६ प्रतिशत बढी हो ।

    यसबाहेक अघिल्लो वर्ष अमेरिकाले शरणार्थीलाई बसाउनका लागि पाँच मिलियन डलरको मद्दत गरेको थियो । इजराइलको लामो समयदेखि चल्दै आइरहेको नीति अनुरुप अन्य देशबाट आउने यहूदिलाई उसले आफ्नोमा शरण दिन्छ ।

    इजराइलले अमेरिकी मद्दतको प्रयोग कसरी गर्‍यो ?

    अमेरिकाले पछिल्ला केही वर्षमा इजराइललाई संसारको सबैभन्दा उन्न सेनामध्ये एक बनाउन मद्दत गरेको छ । अमेरिकाको आर्थिक मद्दतले इजराइल अमेरिकासँग सैन्य सर–सामान खरिद गर्ने गर्छ ।

    उदाहरणका लागि इजराइलले ५० एफ–३५ विमान खरिद गरेको छ जसको प्रयोग मिसाइल हमलाका लागि गर्ने गरिन्छ । यीमध्ये २७ वटाको डेलिभरी गरिसकिएको छ । हरेक विमानको मूल्य १०० मिलियन डलर हो ।

    अघिल्लो वर्ष इजराइलले आठ केसी–४६ ए बोइंग विमान खरिद गर्‍यो जसको मूल्य करिब २.४ बिलियन डलर बताइएको छ । यसले एफ–३५ जस्तो विमानमा हावामा इन्धन भर्न सक्छ ।

    इजराइलसँग आयरन डोम नामको एउटा मिसाइल डिफेन्स सिस्टम छ । यो आफूतर्फ दागिएको मिसाइललाई हावामा नष्ट गर्न सक्छ ।

    इजराइललाई दिइएको ३.८ बिलियन डलरमध्ये ५०० मिलियन डलर यो मिसाइल डिफेन्सका लागि थियो । यसमा आइरन डोम बनाउनका लागि लगानी समावेश थियो ।

    सन् २०११ देखि अमेरिकाले इजराइलको आइरन डोममा १.६ बिलियन डलरको खर्च गरिसकेको छ । यसबाहेक इजराइलले अमेरिकासँग सैन्य टेक्नोलोजीमा सँगै काम गर्नका लागि लाखौं मिलियन डलर खर्च गरेको छ ।

    यसमा सुरुङलाई डिटेक्ट गर्ने प्रविधि पनि समावेश छ । इजराइलको सरकार सैन्य उपकरण र ट्रेनिङमा असाध्यै पैसा खर्च गर्छ । यसबाहेक अन्य देशको तुलनामा यो असाध्यै सानो देश भएका कारण आफ्नो रक्षा प्रणालीलाई उत्कृष्ट बनाउनका लागि उसले उक्त मद्दतको प्रयोग गर्छ ।

    अन्य देशसँग तुलनाः

    दोस्रो विश्वयुद्धपछि अमेरिकाले सबैभन्दा धेरै आर्थिक मद्दत इजराइललाई दिएको छ । यूएस एडका अनुसार सन् २०१६ मा इजराइललाई अफगानिस्तानपछि सबैभन्दा बढी मद्दत दिइयो ।

    अफगानिस्तानलाई दिइएको आर्थिक मद्दतको एउटा ठूलो हिस्सा अमेरिकी सैन्य अभियानमा खर्च भयो जसको उद्देश्य देशमा स्थिरता ल्याउनु थियो । तर यस वर्ष सेप्टेम्बरमा अमेरिकी सेना फिर्ता हुनेछन्, त्यसैले सन् २०२१ का लागि ३७० मिलियन डलरको मात्रै माग गरिएको छ ।

    मध्य पूर्वका अन्य देशको तुलनामा इजराइलले असाध्यै धेरै आर्थिक मद्दत पाउँछ । इजिप्ट र जोर्डनलाई पनि अमेरिकाले ठूलो आर्थिक मद्दत दिन्छ । दुई देशको इजराइलसँग एक लडाईंपछि शान्ति सन्धी भएको थियो । दुबै देशलाई १.५ बिलियन अमेरिकी डलरको मद्दत दिइन्छ ।

    यसबाहेक संयुक्त राष्ट्रको एक एजेन्सी जो प्यालेस्टिनी शरणार्थीहरुको मद्दत गर्छ, उसले पाउने रकमलाई पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले रोकेका थिए । तर राष्ट्रपति बाइडेनले पुनः २३५ मिलियन डलर रकम दिन सुरु गरेका छन् ।

    अमेरिका इजराइललाई यति आर्थिक मद्दत किन दिन्छ ?

    यसका थुप्रै कारण छन् । अमेरिकाले सन् १९४८ मा एक अलग यहूदी देश बनाउनका लागि मद्दत गर्ने विश्वास दिलाएको थियो । यसबाहेक इजराइललाई अमेरिकाले मध्य पूर्वमा एक महत्वपूर्ण सहयोगीको रुपमा हेर्छ – जो ‘एक साझा लक्ष्य र लोकतान्त्रिक मूल्यका लागि प्रतिबद्ध छ ।’

    यूएस कंग्रेशनल रिसर्च सर्भिस भन्छ, ‘अमेरिकी विदेशी मद्दतले यो सम्बन्धलाई उत्कृष्ट बनाउन महत्वपूर्ण योगदान दिएको छ । अमेरिकी अधिकारी तथा नेता लामो समयदेखि इजराइललाई यो इलाकाको एक महत्वपूर्ण सहयोगी मान्दै आएका छन् ।’

    अमेरिकीको फरेन असिस्टेन्स एजेन्सी भन्छ, ‘अमेरिकी मद्दतले इजराइल त्यो इलाका वरपरको खतरासँग जुध्नका लागि सैन्य ताकत बढाउनमा सफल रहेको छ ।’

    ‘अमेरिकी मद्दतले यो सुनिश्चित गर्छ कि इजराइल प्यालेस्टिनीसँग एक ऐतिहासिक शान्ति सम्झौता र इलाकाको शान्तिसँग जोडिएको कदम उठाउनका लागि सुरक्षित छ ।’

    डेमोक्रेटिक र रिपब्लिक दुबै पार्टीका राष्ट्रपतिको कार्यकालका बेला इजराइली इलाकालाई सुरक्षित राख्ने कोसिस अमेरिकी विदेशी नीतिको हिस्सा रहेको छ । सन् २०२० को डेमोक्रेटिक पार्टीले चुनावी मञ्चबाट इजराइललाई ‘फलामको जस्तै सहारा’ दिने बताएको थियो ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑