• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोना उपचारमा प्लाज्मा थेरापी घातक, रेम्डेसिभिर कति प्रभावकारी ?

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७८, मंगलवार ०६:४०
  • ३१३३

    वीरगन्ज । नेपालमा कोभिड–१९ को दोस्रो लहरले भयावह रुप लिइरहेको छ। दिनहुँ कोभिड -१९ बाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ। मानिसहरु के कस्तो औषधि सेवन गर्दा उचित हुन्छ भन्ने दुविधामा छन्। सामाजिक सञ्जालमा अम्बाका पातदेखि रेम्डेसिभिरसम्मका औषधि र उपचार विधिका लागि आग्रह र त्यसबारे जिज्ञासा राखिएको देखिन्छ।

    कोभिड – १९ का लागि प्रभावकारी हुने भनिएको प्लाज्मा थेरापी धेरै हदसम्म जोखिमपूर्ण हुने भन्दै यसको प्रयोग नगर्न विज्ञहरुले आग्रह गरेका छन। यस्तै पछिल्लो समय अत्याधिक माग र प्रयोग भइरहेको रेम्डेसिभिर पनि धेरै हदसम्म प्रभावकारी नभएको उनीहरुको भनाइ छ।

    रेम्डेसिभिरलाई विश्वस्वास्थ्य संगठन (डब्लूएचओ) ले मान्यता दिएको छैन। र, स्वास्थ्य मन्त्रालयले पनि प्रयोग नगर्न भने पनि स्पस्ट रुपमा गाइड लाइन बनाएको छैन। यही आनाकानीका कारण अहिले सर्वसाधरण एकातिर महँगो मूल्य तिरेर यो औषधि र उपचार पद्दति अपनाउन बाध्य छन् भने अर्कोतिर उनीहरुमा भविश्यमा असर देखिन सक्ने जोखिम रहेको छ।

    छिमेकी मुलुक भारतले हालै प्लाज्मा थेरापी प्रभावकारी नभएको र अनुचित प्रयोग बढेको भन्दै बन्द गरेको छ। यस्तै रेम्डेसिभिरको पनि प्रभावकारिता नदेखिएको भन्दै बन्द गरेर नयाँ गाइडलाइन बनाउन आवश्यक रहेको त्यहाँका विज्ञहरुले बताउँदै आएका छन्।

    एन्टीबडी भएको रगत अर्को व्यक्तिलाई दिएमा सायद त्यसले भाइरसलाई मार्ने र छिटो निको हुने अनुमानका आधारमा अपनाइने विधि भए पनि यो घातक रहेको संक्रामक रोग विषेशज्ञ डा. अनुप सुवेदी बताउँछन्।

    तर, नेपालमा भने घातक मानिएको प्लाज्मा थेरापी मान्छेहरुले गर्दै आएका छन। यस्तै महंगो मूल्य तिरेर रेम्डेसिभिर खरिद गरेर सेवन गर्नेहरु पनि धेरै छन्। औषधि व्यवस्था विभागले हालै मात्र नेपालमै उत्पादन गर्ने भनी एउटा कम्पनीलाई उत्पादन अनुमति समेत दिएको छ।

    प्लाज्मा थेरापी घातक छ :  डा. अनुप सुवेदी

    यस उपचार विधिमा कोभिडबाट संक्रमित भई निको भइसकेका व्यक्तिको रगत संक्रमितलाई दिइन्छ। यसमा निको भएका व्यक्तिको रगत निकालिन्छ र त्यसको तरल भाग छुट्याइन्छ। रगतको प्लाज्मामा भाइरससँग लड्ने एन्टीबडी केही समय रहिरहने भएकाले यसको प्रयोग उपचारका रुपमा गरिएको हो। संक्रमितलाई सलाइनको माध्यमबाट उक्त प्लाज्मा दिइन्छ। यो मुख्य तः अक्सिजन धेरै कमी भएमा प्रयोग गरिने उपचार हो।

    एन्टीबडी भएको रगत अर्को व्यक्तिलाई दिएमा सायद त्यसले भाइरसलाई मार्ने र छिटो निको हुने अनुमानका आधारमा अपनाइने विधि भए पनि यो घातक रहेको संक्रामक रोग विषेशज्ञ डा. अनुप सुवेदी बताउँछन्।

    यसले धेरै हदसम्म अर्को मानिसमा रहेको रोग सर्न सक्ने उनको भनाइ छ। प्लाज्माले गर्दा एलअर्जी, किटाणु सर्न सक्ने लगाएत सामान्यदेखि घातक समस्या देखिन सक्ने भएकोले यो उपचार विधि नअपनाउन उनको सुझाव छ। किलिनिकल्ली प्रमाणित नभएकोले यसलाई तत्काल हटाउनु पर्ने उनको भनाइ छ।

    रेम्डेसिभिर कति प्रभावकारी ?

    रेम्डेसिभिर एउटा एन्टी भाइरल प्रयोगात्मक औषधि हो। विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको छैन। सन् २०२० को नोभेम्बरमा एक वक्तव्यमार्फत उसले रेम्डेसिभिर प्रयोग गर्न एक शर्तात्मक सिफारिस (कन्डिसनल रिकमेन्डेसन) गरेको थियो। स्वास्थ्य मन्त्रालयले प्रयोग नगर्न त सुझाएको छ। तर, स्पस्ट रुपमा प्रयोग गर्न मिल्ने कि नमिल्ने भनेको छैन।

    डा. सुवेदी साइड इफेक्ट नभए पनि रेम्डेसिभिरको धेरै प्रभावकारिता  नभएको बताउँछन। पेवर बल्याक एण्ड ह्वाइट उत्तर नभए पनि धेरै विकल्प नभएकोले यसको प्रयोग गरिएको उनले बताए। तर, हाइड्रो क्लोरो क्वीन, प्लाज्मा थेरापी जस्तो हानिकारक र घातक नभएको उनको भनाइ छ।

    ‘हामीले प्लाज्मा थेरापी प्रभावकारी नभएको भनेकै छौँ। रेम्डिसिभिरको त विश्वस्वास्थ्य संगठनले नै प्रयोग नगर्न सुझाव दिएको छ। डाक्टरहरुको हात बानेर उपचार त गर्न सकिँदैन। त्यसैले डाक्टरको सल्लाहा र निगरानीमा बसेर प्रयोग गर्नेले गर्दा हुन्छ।’

    ‘कुनै ट्रायलले फाइदा देखाएको छ भने केहीले प्रभावकारीता नभएको देखाएको छ। मृत्युदर नघटे पनि रिकभरी समय १४ दिनबाट ९ दिनसम्म झारेको छ। त्यसैले यसको ठ्याक्कै बल्याक एण्ड ह्वाइट उत्तर छैन। धेरै विकल्प नभएका कारण प्रयोग गर्न सकिन्छ तर, प्रभावकारिता भने त्यति देखिएको छैन,’ उनले भने। यसले थोरै मात्रामा लिभरको इन्जायम बढाए पनि त्यो औषधि सेवन घटायो भने आफै ठिक हुने उनले बताए।

    कति सेवन गर्ने र कुन बेला सेवन गर्ने ?

    सामान्यतया विरामीको अक्सिजनको मात्रा घट्दै गए पछि डाक्टरले यो औषधि सेवन गर्न अनुरोध गर्छन्। डा. सुवेदीका अनुसार एक जना व्यक्तिले सामान्यतया ५ दिनमा ६ वटा भायल सेवन गर्नुपर्छ।

    यसको मूल्य भने महँगो छ। एक जनालाई सरकारले तोकेको मूल्य एक भायललाई ४ हजार ९ सय रुपैयाँले हिसाब गर्दा करिब ३० हजार पर्न आउँछ।

    प्रभावकारी देखिएको छैन, डाक्टरको हात बाँध्न मिल्दैन स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य मन्त्रालयले यी दुवै पद्दतिले कोभिड विरुद्धका विरामीको उपचारमा प्रभावकारी नदेखिएको बताएको छ। सधैँ काम गर्दैन भने पनि प्रयोग बढीरहेका तर, क्लिीनिसियनले काम गर्छ भनेर प्रयोग गरे भने त्यो डाक्टरहरुको सल्लाहा अनुसार प्रयोग गर्न मिल्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

    उनले भने,  ‘हामीले प्लाज्मा थेरापी प्रभावकारी नभएको भनेकै छौँ। रेम्डिसिभिरको त विश्वस्वास्थ्य संगठनले नै प्रयोग नगर्न सुझाव दिएको छ। डाक्टरहरुको हात बानेर उपचार त गर्न सकिँदैन। त्यसैले डाक्टरको सल्लाहा र निगरानीमा बसेर प्रयोग गर्नेले गर्दा हुन्छ।’

    स्वयम् प्रवक्ता गौतमले नै यो प्रभावकारी नभएको र काम नगरेको बताइरहँदा मानिसहरु भने महँगो मूल्य तिरेर त्यही विधि तथा औषधि प्रयोग गरिरहेका छन। सरकारले प्रयोग गर्ने कि नगर्ने भनेर स्पस्ट भाषामा नभनेकाले नै मान्छेहरु महँगो मूल्य तिरेर औषधि खरिद गर्न बाध्य छन्।

    रेम्डेसिभिरको मूल्य प्रति भायल ४ हजार ९ सय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ उपचारका लागि प्रयोग हुने औषधि रेम्डेसिभिर आधिकारिक आयातकर्ताले ल्याएको मात्र खरिद गर्न अनुरोध गरेको छ। अहिले माग धेरै भएकोले कालोबजारी भएको र महँगो मूल्य तिर्नु परेको बेचीरहेको भन्दै सर्वसाधारणले गुनासो गरिरहेका छन्। यस्तै नक्कली रेम्डेसिभिर बच्ने मानिसहरु पक्राउ पनि परिरहेका छन्।

    यसलाई मध्यनजर गर्दै मन्त्रालयले चिकित्सकले सिफारिस गरेपछि मात्रै आधिकारिक आयातकर्ताले ल्याएको रेम्डेसिभिर खरिद गर्न भनेको छ। मन्त्रालयले रेम्डेसिभिरको आधिकारिक मूल्य सार्वजनिक गर्दै प्रक्रिया पूरा गरेर मात्र खरिद गर्न भनेको छ।

    मन्त्रालयका अनुसार प्रक्रिया पुर्याएर खरिद गर्दा रेम्डेसिभिरको मूल्य ४ हजार ९ सय पर्छ। त्यो भन्दा बढी लिएमा मन्त्रालयमा फोन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। औषधि खरिदका लागि चिकित्सकको सिफारिस, औषधि लिने व्यक्तिको परिचयपत्रसहित खरिदका लागि जानुपर्नेछ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑