• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञामा मजदूरी गर्नेलाई छाक टार्नै समस्या

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७८, सोमबार १४:४३
  • २८७३

    धनुषा । “छोराछोरी पाल्नुपर्ने बाध्यता छ, अहिलेसम्म घरमा केही बचत थियो, खायौँ अब आउने दिनमा जीवन कसरी चलाउनु ?”, भावुक भएर दैनिक ज्याला मजदूरी गरी गुजारा गर्दै आएकी क्षीरेश्वरनाथ नगरपालिका–३ की मानकीदेवी सदाले दुःख सुनाइन् ।

    गाडीमा मालसामान सामग्री ओसारपोसार गर्ने काम गर्ने गरेकाले परिवार पाल्न सजिलो हुँदै आए पनि अहिले समस्या भएको महेन्द्रनगरका वीरेन्द्र सिंहले सुनाए । “काम नपाएको १५ दिन बितिसक्यो, अब खानकै पीरले चिन्ता थपिएको छ”, उनले दुःख पोखे । सिंहले मालसमान बोक्ने सानो पिकअप गाडी चलाउने काम गर्छन् ।

    Kumari Bank 300×290 newGlobal IME Bank newNepal Life Insurance
    “निषेधाज्ञाले काम गर्न पाइएको छैन, दाउरा बेचेर गुजरा चलाएका छौँ”, महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका इखबहादुर दर्नालले भने, “खेती गरौँ भने जग्गा छैन, जङ्गलबाट दाउरा काटेर बेच्दैछु, राहत बाँड्न पनि कोही आएनन्, अब त रोगले भन्दा पनि भोकले मर्ने अवस्था आयो ।” उनले बाहिर काम गर्ने छोराहरु लकडाउनले घरमै बसेर दिन बिताउनुपर्ने भएको हुँदा छाक टार्न समस्या भएको बताए ।

    निषेधाज्ञाका कारण सरकारी तथा गैरसकारी कार्यालयदेखि होटेल, पसल सबै पूर्णरुपमा बन्द छन् । आर्थिक कारोबार ठप्प मात्र छैन, देशको अर्थतन्त्रमा समेत असर परेको छ । समग्रमा कोरोना संक्रमणले थलिएको विश्वमा नै आर्थिक गतिविधिमा व्यापक ह्रास आएको छ । धनुषा र महोत्तरीको हकमा बिहान ६ः०० देखि ९ः०० बजे सम्म तीन घण्टा दैनिक उपभोग्य सामानका पसल सञ्चालन गर्न दिइएको छ । त्यो पनि व्यापारीले फाटफुटरुपमा मात्र खुला गर्ने गरेका छन् । धनुषामा गत वैशाख २१ र महोत्तरीमा २२ गतेदेखि सम्पूर्ण कामकाज तथा व्यापार–व्यवसाय निषेधाज्ञाका कारण ठप्प छ । त्यसको प्रत्यक्ष मारमा दैनिक ज्याला मजदूरी गर्ने परेका छन् ।

    दैनिक रुपमा ज्याला मजदूरी गरी खानेका लागि निषेधाज्ञाले सङ्कट नै सिर्जना गरेको छ । कोरोनाको त्रास एकातिर छ भने अर्कातिर उनीहरु खानबस्नको समस्याले तनावमा छन् । कोरोनाको दोस्रो लहरले दिनदिनै संक्रमण वृद्धि भएर सबैतिर त्रास छ । दैनिकजसो सयौंले ज्यान गुमाइरहेका छन् । त्यसकै जोखिम घटाउन सरकारले निषेधाज्ञा लम्ब्याइरहेको छ ।

    खेती किसानी गर्ने, व्यापार व्यवसायमा संलग्नका लागि थप आम्दानी र कारोबारमा मात्र समस्या छ तर ज्याला मजदूरी गर्नेका हकमा भने साँझबिहान के खाने भन्नेमै चिन्ता छ । भारी बोकेमात्र पेट भर्ने मजदूरका लागि रोगको संक्रमणभन्दा भोककै अभावबारे चिन्ता लाग्ने गरेको मजदूरहरुको दुःखेसो छ ।

    यस्तो छाक टार्ने समस्या जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, बर्दिबाससहितका बजारमा ज्याला मजदूरी गर्नेको साझा समस्या हो । उनीहरुका लागि आफूमात्र पालिनुपर्ने अवस्था छैन । आफूसँगै सन्तान र परिवारको पनि जिम्मा छ । “श्रीमान् प्रदेशमा छन्, साथमा भएका बालबच्चा पाल्नुपर्ने जिम्मेवारी छ, दुःख कसलाई सुनाउनु”, मिथिला नगरपालिका–२ नक्टाझिजकी लक्ष्मीमाया परियारले भनीन्।

    बजारमा डेरा गरी बस्दाको समस्या मजदूरलाई झन् बढी छ । बस्नदेखि खान समस्या सबै ज्याला मजदूरी गर्नेका साझा छन् । गाडी बन्द छन्, पसल खोल्दैनन्, भारी बोक्न पाइँदैन, निर्माणका काम रोकिएका छन् । आफूका बारे सरकारले केही नसोचेको गुनासो क्षीरेश्वरनाथ नपा–४ चन्द्रपुरकी जरिना खातुनको छ । क्षीरेश्वरनाथ–५ को मुख्य बजार महेन्द्रनगरमै भारी भोकेरै परिवार पाल्ने जरिनाले कोरोनाभन्दा काम नपाएकामा चिन्ता बढी रहेको बताउछिन् ।

    मिथिला नगरपालिका–६ ढल्केवरका रामसरोज महराले महामारी छल्न जारी निषेधाज्ञाले बजार बन्द हुँदा कतै निस्कने अवस्था नभएको र घरमा अन्नपात रित्तिँदै गएपछि पीरलो बढेको चिन्ता गरे । शारीरिक श्रम गरेर छाक टार्दै आएका ज्यालादार मजदूर घरमै थन्किएका छन् । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेपछि यहाँका गरीब बस्तीमा गुजाराको सङ्कट बढेको छ ।

    सामुदायिक विकास पैरवी मञ्चका फिल्ड कोर्डिनेटर तथा समाजशास्त्री नीलबहादुर लुम्रेले भने, “प्रचण्ड गर्मी छ, त्यसमाथि भोकले सताउँछ, त्यसैले ज्याला मजदूरी गर्नेका हकमा भने राहत अति जरुरी हो ।” उनले स्थानीय तहले आफ्ना नागरिक कुन अवस्थामा छन्, तथ्याङ्क सङ्कलन गरेर अवस्था पहिचान गरी राहत दिन सके केही हदसम्म समस्या हल हुन सक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑