बिरगंज।पर्सामा बढदाे काेराेना महामारीका कारण जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला भरी निषेधाज्ञा जारी गरेकाे छ ।निषेधाज्ञाका कारण पर्सा जिल्लामा दैनिक ज्यालादारी गरि खानेहरुलाई दिनकाे एक छाग टार्न समेत गार्हाे भएकाे छ । काेराेना महामारीसंग बच्न भाैतिक तथा समाजिक दुरी जतिकाे आवश्यक परेको छ त्यति नै आवयक पाेशन उक्त खानाकाे समेत रहेकाे छ ।दैनिक ज्यालादारी गरि खाने र सडक पेटीमा आफ्नाे दिन बिताई रहेकाहरुका लागि नेपाली काग्रेस पर्सा क्षेत्र नं १ का क्षेत्रिय सभापति विजय सर्राफले दैनिक एक टाईमका लागि प्राेटिन युक्त खाना ( चिकन बिरयानी ) लगायतका खाने कुराहरु वीरगंज आसपास क्षेत्रमा वितरण गर्दै आएका छन ।नारायणी अस्पतालमा उपचार गराउन आएका विरामी र कुरुवाहरु समेतले यस सेवाबाट लाभदायि भएका छन । खाना वितरण कार्य दैनिक बिर्ता मन्दिरबाट बेलुका शुरु गर्ने क्षेत्रिय सभापति विजय सर्राफले बताए । त्यार गरिएकाे प्राेटिन युक्त खाना वितरण कार्यक्रममा वीरगंज महानगर वडा नं ४ का वडा अध्यक्ष जगत साह कानु , राधा कार्की, सुनिल मानन्धर, माजिद मीया, रामेश्वर गुप्ता,मोती लाल साह कानु,लालबाबू सिंह लगाएत समाज सेवीहरूको उपस्थिति रहेकाे थियाे ।