मुगु । कर्णाली प्रदेशकै जडीबुटीको खानी मानिएको मुगुमा पाइने अमूल्य यार्सागुम्बा कोरोना महामारीका कारण वनमा नै खेर जाने भएको छ । कोरोना संक्रमण स्थानीय स्तरमा नै फैलिएपछि गाउँपालिकाले यार्सागुम्बा संकलनमा रोक लगाएपछि करोडौंको यार्सागुम्बा वन मै खेर जाने भएको हो ।
स्थानीय स्तरमा नै कोरोना संक्रमण फैलिएको भन्दै मुगुमकार्मारोङ्ग गाँउपालिकाको कार्यपालिकाले बैठकले यो वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको हो ।
गत बैशाख १८ गते बसेको कार्यापालिकाको बैठकले जेठ १० गतेबाट यार्सागुम्बा संकलन खुल्ला गर्ने निर्णय गरेको थियो, तर गाँउपालिकास्तरमा नै कोरोना फैलिएको कारण जेठ दुई गते बसेको कार्यपालिकाको बैठकले यो वर्ष यार्सा संकलनमा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले जानकारी दिए ।
जडीबुटीको खानी मानिएको यस गाँउपालिकाको वडा नम्बर २ मा रहेका सानाकोकी, ठूलोकाखी, हाङदाङ्ग, टाके, रिमाड, छापाकोलालगायत आधा दर्जन भन्दा बढी पाठनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइन्छ