• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘ओलीले नागरिकताजस्तो संवेदनशील विषयलाई सत्ता टिकाउने अस्त्र बनाए’

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७८, सोमबार ०१:०१
  • ५२२९

    वीरगञ्ज । निकै लामो बहसपछि संसदीय समितिबाट पारित भए पनि संसदमा थन्किएको नागरिकता ‌ऐन संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छिन्।जनता समाजवादी पार्टीको एक समूहलाई सरकारमा ल्याउन प्रयास गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको माग बमोजिम सो अध्यादेश ल्याएका हुन्।

    अध्यादेशअनुसार जन्मसिद्ध नागरिकका छोराछोरीले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने पाउने छन्। त्यस्तै, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेका र बाबुको पहिचान नभएको स्वघोषणा गरेका व्यक्तिले आमाका नामबाट पनि नागरिकता पाउनेछन्।

    तर, नागरिकता ऐनजस्तो संवेदनशील विषय अध्यादेशमार्तफ ल्याएको र यसलाई सत्ता टिकाउने अस्त्र बनाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ।राप्रपाले अध्यादेश फिर्ता लिन माग गरेको छ भने जसपाका अध्यक्ष महन्थ ठाकुरले स्वागत गरेका छन्।लामो समयदेखि विवादित बन्दै आएको यो कानुन जसरी ल्याइएको छ, त्यसले गम्भीर परिणाम निम्त्याउने विघटित प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठ बताउँछिन्।

    ‘नेपालको अवस्थितिअनुसार हामी संवेदनशील स्थानमा छौँ। नागरिकताको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। यो विषय नियमित प्रक्रियाबाट कानुन बनाएर लागू गर्नुपर्ने हो। तर अहिले सत्ता टिकाउने गोटीको रुपमा यसलाई प्रयोग गरियो,’ श्रेष्ठले भनिन्, ‘अपर्झट आइपर्ने समस्यामा अध्यादेश ल्याउने हो। तर अहिले जसरी अध्यादेश ल्याएर शासन गर्न खोजिँदैछ, त्यसले देशलाई गम्भीर अवस्थामा पुर्‍याउने छ।’

    पहिले सरकारी पक्षले विधेयक समितिमै अड्काउने खोजेको र समाधान गर्न नदिएको श्रेष्ठले बताइन्।’त्यस समयमा अड्काउने काम भयो। अहिले त्यसलाई सत्ता जोगाउने अस्त्रको रुपमा प्रयोग गर्न खोजिएको छ,’ श्रेष्ठले भनिन्।

    राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिनिधिसभाको बैठकमा यो विधेयक प्रस्तुत गरेको थियो। विधेयक संसदमा आउनेबित्तिकै सरकारले प्रतिनिधिसभा बैठक अन्त्य गरेको थियो। नागरिक कानुनको संशोधन सम्बन्धी विधेयकमाथि समितिमा ७० भन्दा बढी बैठक भएको थियो। एउटै मात्रै विषयमा यति धेरै बैठक विरलै हुने गरेको छ।

    नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद झपट रावलले पहिलेका शासकहरुले जस्तै अहिले पनि सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवेदनशील विषयमा सम्झौता गरेको आरोप लगाए।’विगतमा सत्ता जोगाउन मनपरी ढंगले विदेशीलाई नागरिकता बाँडेका थिए अहिले प्रधानमन्त्री ओली पनि त्यही बाटोमा लाग्नुभयो,’ रावलले भने, ‘यो विषय निकै मिहिनेत गरेर राष्ट्रियहितमा बनाएको हो।’

    रावलका अनुसार सरकारले विधेयकको विषयमा अदालतमा ढाँटेको बताए।’हामीले समितिबाट विधेयक पारित गरिसकेका थियौँ। तर अदालतमा सरकारले विधेयक रोकिएको भन्ने आरोप लगायो,’ रावलले भने, ‘जुन दिन समितिले पारित गरेर संसदमा प्रस्तुत गर्‍यौँ, त्यसको एकदिनपछि सरकारले सदन नै स्थगित गर्‍यो। सदनमा भएको विधेयकअघि नबढाउने तर राष्ट्रघात गर्नेगरी अध्यादेश ल्याउने काम सरकारले गरेको छ।’

    राप्रपाका अध्यक्ष कमल थापाले ट्विट गर्दै सत्ता स्वार्थमा नागरिकता जस्तो संवेदनशील विषयमा छलफल नगरी अध्यादेश ल्याएको बताएका छन्।’नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर, सत्तास्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछु। यो राष्ट्रहित विपरीत र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ,’ थापाले भनेका छन्।

    तर जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विधेयकको स्वागत गरेका छन्। अध्यादेश जारी हुनेबित्तिकै उनले विज्ञप्ति जारी गर्दै त्यसको स्वागत गरे।उनले भनेका छन्, ‘लाखौं लाख नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान, जसलाई अद्यावधिक नेपाली नागरिकताबाट वञ्चित राखिएको थियो, वर्षौँ प्रतीक्षा र जसपा नेपालको निरन्तर संघर्ष अनि प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको जानकारी गराउँदछौं।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑