• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नयाँ भेरियन्टले कोरोनाविरुद्धको खोपको प्रभावकारीतालाई चुनौती दिन सक्छ

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०७८, आईतवार १४:५५
  • ३७१३

    वीरगन्ज । विश्वमा कोरोनाभाइरसले स्वरुप परिर्वतन गर्दै जाँदा यसको घातकता बढ्दै गएको छ । हाल विश्वका ३० भन्दा बढी देशमा कोरोनाभाइरसको ‘बी १.६१७’ म्युटेसन पाइएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । नेपालमा पनि कोरोनाभाइरसको ‘बी १.६१७’ म्युटेसनअन्तरगत ‘बी १.६१७.१’ र ‘बी १.६१७.२’ भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । पछिल्लो समय नेपालमा संक्रमण दर बढ्नु र संक्रमण्को घातकता बढ्नुमा यिनै भेरियन्ट जिम्मेवार त होइन ? यी भेरियन्टले कोरोनाविरुद्धको खोपको प्रभावकारीतालाई कायम रहन दिन्छ ? प्रश्न उठिरहेको छ ।

    प्रस्तुत छ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनकै शब्दमा कोरोनाभाइरसको नयाँ भेरियन्ट र नेपालमा त्यसको प्रभावबारे गरिएको टिप्पणीको सम्पादित अंश–

    पहिला कोरोनाभाइरसको ‘डबल म्युटेन्ट भेरियन्ट’ भनेर खुब नाम चलेको थियो । पछि गएर त्यो ‘बी १.६१७’ भयो । त्यसको थप म्युटेसन भएर भाइरसको अर्को हाँगा बन्दै यतिखेर ‘बी १.६१७.१’ र ‘बी १.६१७.२’ आएको छ । यी दुवैलाई विश्व स्वास्थ्य संगठनले एक हप्ता अगाडि ‘भेरियन्ट अफ कन्सर्न’ भन्ने श्रेणीमा राखिसकेको छ ।

    ‘भेरियन्ट अफ कन्सर्न’ भनेको यसले पहिलाभन्दा तीव्र गतिमा फैलन सक्ने, पहिलाको भन्दा जटिल र घातक बन्न सक्ने, एन्टिबडीले राम्रोसँग काम गर्न नसक्ने, प्रयोगशालाहरूमा पीसीआर गर्दा पनि चुनौती दिन सक्ने हो । शरीरमा भाइरस भए पनि पीसीआर गर्दा नेगेटिभ नतिजा देखाइदिने र कोरोनाविरुद्धको खोपको क्षमतालाई पनि चुनौती दिने भएकाले नै यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनिएको हो ।

    नेपाल र छिमेकी राष्ट्र भारतमा संक्रमणको सिनारियो एकैखालको देखिएको छ । यो नयाँ भेरियन्ट बेलायतमा देखिएको भए वर्तमान अवस्था तलमाथि हुन्थ्यो होला । तर भारत र नेपालमा संस्कारदेखि लिएर जीवनशैली लगभग एउटैजस्तै भएकाले संक्रमणको अवस्था भारतमा जस्तै नेपालमा पनि हुन सक्छ भनिएको हो ।

    ‘बी १.६१७’ एउटा भेरियन्ट हो भने त्यसबाट पनि छुट्टिएर अझ म्युटेसन भएर ‘बी १.६१७.१’ र ‘बी १.६१७.२’ अर्को भेरियन्ट बनेको हो ।

    बेलायती वैज्ञानिकहरुका अनुसार भेरियन्टको पनि सबभेरियन्ट अर्थात् उपप्रजातिचाहिँ ‘बी १.६१७’ भन्दा पनि ‘बी १.६१७.१’ र ‘बी १.६१७.२’ ५० प्रतिशत बढी तीव्र गतिमा सर्नसक्छ ।

    हाल नेपालमा देखिएको नयाँ भेरियन्ट‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ अधिकांशमा देखिएको छ । नेपालमा गरिएको नमुना परीक्षणमध्ये ९७ प्रतिशतमा ‘बी १.६१७.२’ देखिएको छ ।

    किन यसरी नेपालमा सबै उमेर समूहमा संक्रमण देखियो, छोटो समयमा किन धेरै संक्रमित बिरामी अस्पताल भर्ना हुन पुगे भन्ने प्रश्न विगतमा खडा भएको थियो । नयाँ भेरियन्टकै कारण यो अवस्था सिर्जना भएको हुन सक्छ ।

    स्वास्थ्य संगठनको सहयोगमा ३५ वटा नमुनाको मात्रै जिन सिक्‍वेन्सिङ गर्दा ९७ प्रतिशतमा ‘बी १.६१७.२’ नयाँ भेरियन्ट देखिएको छ । नेपालमा यही नयाँ भेरियन्टको संक्रमणले गर्दा वर्तमान अवस्था सिर्जना गरेको हो भन्ने लाग्छ ।

    नेपाल र छिमेकी राष्ट्र भारतमा संक्रमणको सिनारियो एकैखालको देखिएको छ । यो नयाँ भेरियन्ट बेलायतमा देखिएको भए वर्तमान अवस्था तलमाथि हुन्थ्यो होला । तर भारत र नेपालमा संस्कारदेखि लिएर जीवनशैली लगभग एउटैजस्तै भएकाले संक्रमणको अवस्था भारतमा जस्तै नेपालमा पनि हुन सक्छ भनिएको हो ।

    भारतमा कुम्भ मेला, देशका विभिन्न भागमा राजनीतिक कार्यक्रममा नाराजुलुश हुँदा जुन ढङ्गबाट संक्रमण फैलिएर घातकता देखियो, नेपालमा पनि मेला, राजनीतिक सभा, सम्मेलन, विवाह, भोजका नाममा मानिस जम्मा भए । पछिल्लो समय यहाँ विवाह, व्रतबन्ध, भोजमा जानेहरूले मास्क प्रयोग गर्ने तर त्यहाँबाट फर्किँदा मास्क कता छ भन्ने थाहा नपाउने गरेको देख्न पाइन्छ । अस्पतालमा आउने धेरैजसोले विवाहमा गएको परिवार नै संक्रमित भएको सुनाउँछन् ।

    अमेरिकामा विकास गरिएको फाइजर खोपमा नयाँ भेरियन्ट ‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ ले प्रभाव पारेको हो कि भन्ने कुरा आएको छ । तर, नेपालमा लगाइएको कोभिशिल्ड, भेरोसेल खोपको प्रभावकारितालाई छल्न सक्ने कुरा नयाँ भेरियन्टले कतिको विकास गरेको छ भन्नेबारे यत्तिकै भन्न सकिदैँन ।

    संक्रमण किन एक्कासी बढ्यो, यो संक्रमणले बालबालिकालाई किन बढी असर ग¥यो र किन धेरै मानिस अस्पताल जानुपर्ने अवस्था आयो भन्ने प्रश्न पनि खडा भइरहेको थियो । पहिला यसरी संक्रमण फैलिएर अस्पतालमा किन पुगे भन्नेबारे विभिन्न अनुमानमात्र लगाइएको थियो । तर अहिले नमुना परीक्षण कम किन नहोस्, तर जति पनि परीक्षण गरिएको छ, अधिकांशमा नयाँ भेरियन्ट ‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ बढी देखिएको छ, यो राम्रो संकेत होइन ।

    नयाँभेरियन्टले खोपकोप्रभावकारितालाई घटाउँछ ?

    हाल देखिएको नयाँ भेरियन्टले विश्वमा कोरोनाविरुद्ध विकास भइरहेको खोपको क्षमतालाई प्रभाव पार्छ कि पार्दैन भन्ने अध्ययनको विषय हो । भाइरसको थप म्युटेसन हुँदै गयो भने हामीले लगाएका खोपलाई चुनौनी दिन सक्छ ।

    अमेरिकामा विकास गरिएको फाइजर खोपमा नयाँ भेरियन्ट ‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ ले प्रभाव पारेको हो कि भन्ने कुरा आएको छ । तर, नेपालमा लगाइएको कोभिशिल्ड, भेरोसेल खोपको प्रभावकारितालाई छल्न सक्ने कुरा नयाँ भेरियन्टले कतिको विकास गरेको छ भन्नेबारे यत्तिकै भन्न सकिदैँन ।

    तर पनि सामान्य भाषामा भन्दा भाइरसले स्वरुप परिवर्तन गर्दै निरन्तर रुपमा म्युटेन्ट परिर्वतन हुँदै गयो भने पक्कै पनि हामीले खोपको प्रभावकारिता दिन प्रतिदिन धेरै खस्कन सक्ने सम्भावना रहन्छ ।

    यद्यपि, अहिले नै कडा खालको लक्षण देखिने, खोपको क्षमताको प्रभावकारीता चुनौती अहिलेका लागि कम होला तर आगामी दिनमा थप म्युटेसन हुँदै गएमा कोरोनाविरुद्धको खोपको प्रभावतारीता कम हुन सक्छ । यस्तो अवस्थामा भाइरसको परिवर्तित रुप अनुसार खोप तयार पार्ने काम गरिन्छ । भविष्यमा कोरोनाविरुद्धको खोप पनि अत्यावधिक भएर आउने सम्भावना छ । सधैँ यही खालको खोप लगाइरहँदा यसको प्रभावकारीता यही अवस्थामा रहिरहन नसक्ने सम्भावना हुन सक्छ ।

    भविष्यमा खोपको बारेमा हामीले चासो लिनुपर्ने हुन्छ । खोप निर्माताहरुले वा वैज्ञानिकहरुले यसबारेमा सोचिरहेका पनि होलान् । जेनेटिक सिक्‍वेन्सिङ अथवा भाइरसको जिनको बारेमा वा स्वरुप परिवर्तन गरेको कुरा किन थाहा पाउन पर्छ भने यसबाट खोपको बारेमा पूर्वतयारी गर्न पाइन्छ । अथवा थाहा पाइसकेपछि नयाँ भेरियन्टले कति क्षति पुर्याउन सक्छ भनेर त्यही अनुसारको तयारी गर्न सकिन्छ ।

    भारतमा अत्याधिक मात्रा संक्रमण फैलियो र धेरै जनाको मृत्यु भयो । किन यस्तो भयो भनेर अध्ययन गर्ने क्रममा‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ घातक रहेको पत्ता लाग्यो ।

    नयाँ भेरियन्ट सबै उमेर समूहलाई सर्छ ?

    नयाँ भेरियन्ट सबै उमेर समूहमा संक्रमण भएको पाइएको छ । यो ‘भेरियन्ट अफ कन्सर्न’ क्याटेगोरीमा सबै उमेर समूहका मानिसमा संक्रमण भएको देखिन्छ । नमुना धेरै त परीक्षण गरिएको छैन तर जति परीक्षण गरिएको छ, त्यसको आधारमा संकेत गरिएको छ ।

    भारतमा अत्याधिक मात्रा संक्रमण फैलियो र धेरै जनाको मृत्यु भयो । किन यस्तो भयो भनेर अध्ययन गर्ने क्रममा‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ घातक रहेको पत्ता लाग्यो । भाइरसले धेरै स्वरुप परिवर्तन गर्छ । स्वरुप परिवर्तन गरेकामध्ये केही भाइरसले नकारात्मक प्रभाव बढी पारेपछि अध्ययनका क्रममा यो थाहा भएको हो । अहिले ब्राजिलियन, युके, दक्षिण अफ्रिकीसँगै पछिल्लो समय भारतीय भेरियन्ट र त्यसका उपप्रजाति पत्ता लागेको छ । विश्वमा यिनै भाइरसले तहल्का मच्चाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑