• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपामा विवाद : लक्ष्मणलाल कर्ण भन्छन्– यस्तै रह्यो भने यो पार्टी रहँदैन

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०७८, आईतवार १४:५०
  • ४२२१

    वीरगन्ज । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पार्टीमा एक अर्कालाई कारवाही गर्नु भनेको पार्टीका लागि दुर्भाग्य भएको बताएका छन् । शनिबार जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले सोही पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ सुक्लासहित लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

    यसैबीच अध्यक्ष ठाकुरले पनि अध्यक्ष उपेन्द्र यादवलगायतका नेतालाई कारवाही गर्ने तयारी गरिरहेका छन् ।

    नेता कर्णले रातोपाटीसँग कुरा गर्दै भने, ‘पार्टीभित्रकै नेताले एक अर्कालाई कारवाही गर्न थालेपछि बुझ्नु पार्टी एक छैन, त्यसको ताजा उदाहरण नेकपा र एमालेलाई लिन सकिन्छ । नेकपामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले एक अर्कालाई कारवाही गर्ने काम सुरु गरेपछि पार्टी विभाजन भयो । त्यस्तै एमाले पनि भइरहेको छ, ओली र माधव नेपालले एक अर्कालाई कारवाही गरिरहेका छन् अन्ततः सो पार्टी विभाजनको अन्तिम अवस्थामा छ । जसपा नेपालमा पनि त्यही रोग लागेको छ, यस्तै रह्यो भने यो पार्टी पनि धेरै दिन सग्लो रहँदैन ।’

    जसपा नेपाल विभाजन भए मधेशका लागि सबभन्दा ठूलो दुर्भाग्य हुने उनले बताए । उनले आफू मधेशको माग पुरा गराउन सक्रिय रहेको बेला स्पष्टीकरण सोध्ने काम भएको समेत गुनासो गरे । ‘मधेसीमाथि लागेको केही मुद्दा फिर्ता भएका छन्, नागरिकताको समस्या समाधान गर्ने र संविधान संशोधनका लागि अध्ययन गर्न विज्ञ समूह बनाउने निर्णय मन्त्रीपरिषदबाट भएको छ, यदि सक्रिय भएर नलागेको भए यी मागहरु पुरा हुने थिएन’, उनले भने । अझै थप माग पुरा हुने क्रममा रहेको बताउँदै उनले कुनै विषयलाई गम्भीरतापूर्वक अध्ययन नगरी सिधै एक्सनमा जानु राम्रो नभएको बताए ।

    उनले भने, ‘मेरो एउटै गल्ती हो, मैले मधेशको माग पुरा गराउन बालुवाटारदेखि सिंहदरबारसम्म धाएँ, केही माग पुरा गराइयो, त्यसकारणले मलाई पार्टीले स्पष्टीकरण सोधेको हो ।’ कोरोना संक्रमित नेता कर्ण केही दिनदेखि होम आइसोलेशनमा रहेका छन् ।
    उनले भने, ‘जसपा नेपालमा देखिएको विवादास्पद कुनै पनि बैठकमा म गएको छैनन्, प्रधानमन्त्री ओलीले संसदमा लिनुभएको विश्वासको मत चुनावमा पनि म सहभागी थिइनँ, कहाँ कहाँ के बैठकहरू बस्यो, म कुनैमा पनि पनि गएको छैन, अनि मलाई केको स्पष्टीकरण ? मबाट एउटै गल्ती भएको छ त्यहि मधेशको माग पुरा गराउन बनेको कार्यदलमा बस्नु । यदि त्यही कारणले मलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो भने मबाट यस्तो गल्ती भइरहन्छन् ।’

    जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर महागल्ती गरेको पनि उनले जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑