भारत । इन्डियन मेडिकल एशोसियसन (आईएमए) का अनुसार कम्तिमा ४ सय २० जना डाक्टरले कोभिड १९ महामारीको दोस्रो लहरका कारण भारतमा ज्यान गुमाएका छन् । यसअघि पहिलो लहरका दौरान ७ सय ४७ डाक्टरहरुले ज्यान गुमाएका थिए । ‘१ हजार ७६ जना, २०२१ मेइ १९ सम्म आइपुग्दा । यो संख्या कोभिड विरुद्धको लडाइँमा आफ्नो ज्यान आहुति दिने भारतीय डाक्टरहरुको हो,’ आईएमएका प्रमुख डाक्टर रन्जन शर्माले भने ।
कोरोनाविरुद्धको लडाँइमा ज्यान गुमाउने डाक्टरहरुको सुचीमा पूर्व स्वास्थमन्त्री तथा फिजिसियन एके वालिया, चर्चित कार्डियोलोजिस्ट तथा आईएमएका पूर्व प्रमुख डाक्टर केके अग्रवाल, ग्यास्ट्रोउन्ट्रालोजिस्ट आर के हिम्थानीलगायत छन् ।
आईएमएअन्तर्गत दर्ता भएका एक सयजना डाक्टरहरुको दिल्ली एनसिआरमा मृत्यु भएको छ भने बिहारमा ९६ र उत्तर प्रदेशमा ४१ जनाको मृत्यु पुष्टि भएको छ ।