बिरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा करिब तीन घन्टा बिताएर शनिबार अबेर फर्केका छन्।
स्रोतका अनुसार उनीहरुबीच साँझ ७:१५ देखि राति १० बजेसम्म बालुवाटारमा छलफल भएको हो।
विकसित राजनीतिक घटनाक्रममा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग निकट छन्।यसअघि शनिबार दिउँसो नेताद्वय ठाकुर र महतो भारतीय दूतावास पुगेका थिए।