• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मध्यावधि चुनावका लागि ९ अर्ब रुपैयाँ आवश्यक पर्ने

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०७८, आईतवार ००:५१
  • ३१५३

    बिरगंज । संसद विघटन गरी गरी शुक्रबार राति घोषणा भएअनुसार मध्यावधि चुनाव सम्पन्न गर्न ९ अर्ब रुपैयाँको बजेट आवश्यक पर्ने भएको छ। निर्वाचन आयोगले गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्दा ९ अर्ब रुपैयाँको हाराहारीमा खर्च आवश्यक पर्ने देखिएको हो।

    निर्वाचन आयोगका प्रमुख आयुक्त आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचनमा करिव ९ अर्ब रुपैयाँ बराबर खर्च हुनसक्ने बताए। नेपाल लाइभसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले संसद विघटन भइसकेपछि घोषणा भएको निर्वाचन सम्पन्न गर्दा ९ अर्ब रुपैयाँ बराबर बजेट आवश्यक पर्ने बताएका हुन्।

    सरकारले निर्वाचन त घोषणा गर्‍यो, तर यो महामारीमा आर्थिक र जनस्वास्थ्यका हिसावले सम्भव छ त ? भन्ने प्रश्नमा प्रमुख आयुक्त थपलियाले आफूहरुले सम्भव छैन भनेर भन्न नमिल्ने बताए। यसबीचमा निर्वाचनका लागि तयारी गर्न आयोगलाई प्रशस्त समय रहेको पनि थपलियाले बताए।

    ‘आयोगले तयारी गरेकै छ। अबको निर्वाचनमा खर्च अलि धेरै लाग्छ’, उनले भने ‘हामी अब बिस्तारै खर्चदेखि सबै कुराको अनुमान गर्छौं अनि सरकारलाई पठाउँछौं।’ कोरोना महामारीका बीच कसरी निर्वाचन गर्ने भनेर रणनीति बनाउँदै चुनावको तयारी अगाडि बढाइने थपलियाले बताए।

    ‘केही दिन अघि राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेकाले केही अनुभव भएको छ ’, उनले भने ‘अलि टाढा बसेर स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गराउने तयारी गर्छौं।’
    कोरोना महामारीकै बीचमा विभिन्न देशमा निर्वाचन सम्पन्न भएकाले त्यहाँको अनुभवहरु पनि अध्ययन गर्ने उनले बताए। आयोगलाई ६ महिना समय भएकाले यो पर्याप्त हुने भएकाले तयारी पनि त्यही अनुरुप हुने थपलियाको भनाइ छ।

    शुक्रबार मध्यराति संसद विघटनको सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत मध्यावधि चुनावको घोषणा गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग पनि छलफल गरेका थिए। ‘प्रधानमन्त्रीले निर्वाचन घोषणा भयो, तपाईंलाई के–के आवश्यक पर्छ, भोलिदेखि नै काम थाल्नुस् भनेर निर्देशन दिनुभयो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।

    संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनका लागि प्रस्ताव आह्वान गरेकी राष्ट्रपति भण्डारीले शेरबहादुर देउवा र केपी शर्मा ओलीको प्रस्ताब खारेज गरेकी थिइन्।
    राष्ट्रपतिले देउवा र ओलीको प्रस्ताव खारेज गरेपछि शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
    पहिलो चरणको निर्वाचन कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गते तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑