• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कमरेड ! जनताका लासमाथि चुनाव गर्ने, त्यो पर्दैन

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७८, शनिबार २०:२६
  • ४३२१

    वीरगन्ज । सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! विकट कर्णालीबाट यो लेख्दै छु । नेटको राम्रो पहुँच त थिएन तर ढिलै भए पनि रेडियोले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा भन्यो । सुनेँ,  पुनः संसद् विघटन र चुनावको मिति घोषणा भयो रे ।

    त्यसले मलाई अचम्मित मात्र बनाएको छैन  एक किसिमको निराशा पनि ल्याएको छ । यसलाई अरूले के कसरी लिए त्यो बुझ्न भ्याएको छैन । मन भित्रबाट विस्फोट झै निस्केका भावना र चरम गुनासोले भरिएका शब्दहरू थेक्नै सकिनँ र यो लेख्दैछु ।

    देशमा कोरोना भाइरसको दोस्रो लहरका कारण दिन प्रतिदिन सयदेखि २ सयभन्दा धेरै मानिसहरूले ज्यान गुमाइरहेका छन् । चार, पाँच दिनको होम आइसोलेसनपछि मलाई केही सन्चो भएको छ । त्यसमा तपाईं र नेपाल सरकारको ध्यान कत्तिको गएको छ त्यो तपाईंलाई नै थाहा होला ।

    प्रधानमन्त्रीज्यू कोरोनाका कारण मेरो पढाइ बन्द भएको धेरै भयो ६-६ महिनामा परीक्षा हुने सेमेस्टर सिस्टममा अहिले एक वर्ष भयो परीक्षाको कुनै टुङ्गो छैन । यो कोरोनाले मेरो पढाइ झण्डै दुई वर्ष पछाडि धकेलिदिएको छ । यो मेरो मात्रै होइन सारा विद्यार्थीहरूको समस्या हो । सुन्दर सपना बोकेका युवाहरू निराशाको बाटोमा छन् । सपनाहरू बदल्दैछन् । देशमा चुनाव त घोषणा भयो । म लगायतका युवाहरूको परीक्षाको मिति कहिले तोकिन्छ ?

    देशमाकोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ । कर्णालीमा यति खेर अक्सिजनको चरम अभाव छ । अक्सिजन नपाएरै मानिसहरूले  ज्यान गुमाइरहेका छन् । बजारमा स्वास्थ्य सामग्रीको चरम अभाव छ । विकटका नागरिकलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था छ । कतिपय त उद्धार गर्ने क्रममा नै मृत्यु हुने गरेको छ ।

    यो बेला हामीलाई चुनाव होइन अक्सिजन, कोरोनाको भ्याक्सिन आवश्यक छ । प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनावको घोषणा गर्नुभएछ । त्यो चुनावमा खर्च हुने पैसाले भ्याक्सिन किन्न पुग्छ । अहिले त्यो रकम त्यसैमा खर्च गर्नुपर्ने हो । अनि रहे तपाईंका कार्यकर्ता, उनीहरूलाई कोरोना नियन्त्रणमा परिचालन गर्नुहोस् ।

    जनताले सम्झिरहेका छन्, तपाईंले वाम गठबन्धन बनाएर गरिएका प्रतिबद्धता र बाचाहरू । र, यो पनि बुझिसकेका छन् कि एमाले र माओवादी केन्द्र फरक-फरक भइसके भनेर । हुनसक्छ तपाईं कुनै समय नेपाली जनताका लागि एउटा महान् नेता हो । तर, म सम्झिन्छु यस्तो महान् नेताले यस्तो राजनीतिक खेल खेल्दैन ।

    प्रधानमन्त्रीज्यू राजनीतिमा अनि मात्र महान् भनिन्छ जसले जस्तोसुकै अवस्थामा पनि सबैलाई मिलाएर, मिलेर देशलाई निकास दिन सक्छ । मलाई लाग्छ महान नेताले विपक्षी र फरक विचार राख्नेलाई दुत्कारेर हैन, मिलाएर अघि बढ्छ। आफ्नो कुर्सी बचाउनका लागि मात्रै ध्यान दिँदैन, जनता कसरी बचाउने भनेर पनि सोच्ने गर्छ।

    कोरोना भाइरसले जनता आतंकित भइरहेका बेला समयको विचारै नगरी चुनावको घोषणा गर्ने तपाईं जस्तोलाई महान नेता कसरी भन्ने ?

    मलाई लाग्छ सायद तपाईंले अब आउने चुनावमा सामाजिक सुरक्षा भत्तालाई प्रमुख एजेन्डा बनाउनु हुनेछ । प्रधानमन्त्रीज्यू लाखौँ युवाहरू अहिले पनि विदेशमा पसिना बगाइरहेका छन् ।

    तपाईं भन्दै हुनुहुन्छ वृद्ध भत्ता ५ हजार पुर्‍याउने, १० हजार पुर्‍याउने, हजारौँ युवालाई विदेश बढाएर तिनैले पठाएको रेमिट्न्समा आफ्नो जस मिसाएर तिनकै बाबुआमालाई दिनु कति राम्रो काम हो । त्यसलाई मुख्य एजेन्डा नबनाएर युवालाई स्वदेशमै रोजगारी दिने, विदेश गएका युवालाई स्वदेश फर्काउने एजेन्डा बनाउन सक्नुहुन्छ ?

    तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिँदा मुलुक र जनताप्रति पूर्ण रूपमा बफादार भई सत्य निष्ठापूर्वक मात्र भन्नुभयो ‘प्रतिज्ञा गर्दछु’लाई त्यो पर्दैन भन्नुभयो । आज लाखौँ नेपाली भन्दैछन्– चुनाव, त्यो पर्दैन । चुनावको मतपत्र छाप्ने पैसाले कोरोनाविरुद्धको भ्याक्सिन चाहियो भनिरहेका छन् ।

    आज करोडौँ नागरिकहरू कोरोना विरुद्धको भ्याक्सिनको पर्खाइमा छन् । कात्तिक मङ्सिरभन्दा अगाडि नै सबैलाई भ्याक्सिन लगाएर कोरोनालाई राज्यले उन्मुलन गरेर चुनाव गर्ने हो वा मरेको लास माथि चुनाव, एक पटक सोच्नुस् । प्रधानमन्त्रीज्यू ।

    अन्त्यमा

    आज तपाईं अन्य प्रतिपक्ष दलहरूलाई चुनावदेखि डराएर विरोध गरेको भन्नुहुन्छ । तपाईंमा चुनाव जानु साँच्चीकै रहर जस्तो छ । याद राख्नुस् यो चुनाव तपाईंको जिन्दगीकै सबैभन्दा नराम्रो पराजय बन्न सक्छ । जनताले तपाईंको व्यङ्ग्य र मजाक सुनेर थाकिसके अब विकल्प खोज्न पछि पर्दैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑