• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश २ सरकारबाट महन्थ ठाकुर पक्ष आउट हुँदै…! समिकरण फेरिने सम्भावना

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७८, शनिबार १९:३७
  • ५४९७

    वीरगञ्ज । संघिय सरकारमा देखिएको राजनीतिक उथलपुथलको प्रत्यक्ष असर प्रदेश  २ सरकारलाई परेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका २ अध्यक्षहरु दुई अलग÷अलग गठबन्धनमा सामेल भएपछि प्रदेश २ सरकारको राजनीतिक समीकरण फेरिने संभावना बढेको छ ।

    केन्द्रमा भइरहेको राजनीतिक उथलपुथलको प्रत्यक्ष असर प्रदेश २ मा पर्ने संभावना बढेको हो । केन्द्रमा नयाँ सरकार गठन असफल तथा संसद् विघटनसँगै प्रदेश २ मा सरकार परिवर्तन हुने सम्भावना बढेको विश्लेषण हुन थालेको छ । प्रदेश २ मा अहिले जनता समाजावदी पार्टी (जसपा) को नेतृत्वमा बहुमतको सरकार छ ।

    पूर्वसंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को साझेदारीमा सरकार बनेको थियो । एक वर्षअघि दुई पार्टीबीच एकता भएपछि जसपा बनेको हो । तर पार्टी समायोजन नहुँदा हालसम्म प्रदेश सभामा दुवै दल पूर्ववत् अवस्थामै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार वैकल्पिक सरकार गठनका लागि आह्वान गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा जसपाको उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूहका १२ सांसदले हस्ताक्षर गरेका थिए भने महन्थ ठाकुर, राजेन्द्र महतो पक्षका २० सांसद भने ओलीकै पक्षमा उभिएका थिए । यसपछि जसपाभित्रको विवाद झन् उग्र बनेको हो ।

    जसपा अब औपचारिक रूपमा अलग हुन मात्र बाँकी रहेको सोही पार्टीका नेताहरू बताउँछन् । जसपा विधिवत् रूपमा विभाजन भए प्रदेश २ मा जसपा उपेन्द्र यादव पक्ष, कांग्रेस र माओवादी केन्द्र सम्मिलित सरकार बन्ने सम्भावना छ । जसमा एमालेको नेपाल पक्ष क्लियर भएर आए उनीहरूलाई पनि नयाँ सरकारमा सहभागी गराइने दलका नेताहरूले बताएका छन् ।

    हाल प्रदेश २ मा जनता समाजवादी पार्टीभित्रका पूर्वसंघीय समाजवादी फोरमका ३० र पूर्वराजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसद छन् । यसअघि प्रदेश सभाको सदस्य संख्या १०७ भए पनि एमाले ओली पक्षमा सामेल एक समानुपतिकसहित आफ्ना ४ जना प्रदेश सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । तर माओवादी केन्द्रले खाली समानुपातिक कोटामा सांसद चयन गरिसकेकाले अहिले प्रदेश सभामा कायम सदस्य संख्या १०४ छ ।

    यस हिसाबले प्रदेश २ मा बहुमतको सरकार बनाउन कम्तीमा ५३ सांसद चाहिन्छ । यस विषयमा छलफल भइरहेको कांग्रेस र माओवादी केन्द्रले जनाएका छन् । कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले प्रदेशमा नयाँ सत्ता समीकरणबारे पार्टीको केन्द्रीय तहमा छलफल भइरहेको बताए । माओवादी केन्द्र प्रदेश २ संसदीय दलका नेता भरतप्रसाद साहले सत्ता समीकरणबारे छलफल भइरहेको जानकारी दिँदै जसपाको औपचारिक विभाजनको पर्खाइमा रहेको बताए ।

    उनका अनुसार प्रदेश २ मा उपेन्द्र यादव पक्ष, कांग्रेस र माओवादी केन्द्र सम्मिलित सरकारका लागि स्पष्ट बहुमत छ । प्रदेश सभामा कायम सदस्य संख्या १ सय ४ मध्ये अहिले जसपाको यादव पक्षका ३०, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ जोड्दा विपक्षीतर्फ सांसदको संख्या ५७ पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑