• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाउँमा संक्रमण फैलिसक्यो, परीक्षणको दायरा बढाउनुपर्छ

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७८, शनिबार १६:२९
  • ४०८५

    बिरगंज । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित गत मंगलबार गोरखा हानिए । श्रेष्ठसँगै डा. शिशिर देवकोटाको नेतृत्वमा दुईजना चिकित्सक, दुई ल्याबतर्फका कर्मचारी र एक स्वास्थ्यकर्मी थिए । कोभिड–१९ संक्रमण फैलिएको विभिन्न गाउँमा पुगेर उनीहरूले सम्भावित संक्रमितहरूको एन्टिजेन परीक्षण गरे ।

    पालुङटार नगरपालिकाको आँपपिपल अस्पतालबाट परीक्षण सुरु गरिएको थियो । सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, शहीद लखन र भीमसेन थापा गाउँपालिकाको विभिन्न ठाउँमा स्थानीयको एन्टिजेन परीक्षण गरिएको नेता श्रेष्ठले बताए ।

    विभिन्न ठाउँमा गरी कुल ५२१ जनाको एन्टिजेन परीक्षण भएको र उनीहरूमध्ये ९७ जनामा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए । एन्टिजेन परीक्षण मात्र नभई विभिन्न स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य सामग्री पनि वितरण गरिएको उनको भनाइ छ ।

    स्वास्थ्य संस्थाका कर्मचारीलाई एन्टिजेन परीक्षणको विधि र संक्रमितका लागि परामर्श र औषधि प्रयोगको बारेमा समेत सहजीकरण गरिएको उनी बताउँछन् । उनको नेतृत्वमा आएको चिकित्सक टोली बिहीबार राति काठमाडौं फर्किएको छ ।

    गाउँमा कोभिड संक्रमणको अवस्था कस्तो छ भन्ने जिज्ञासामा चिकित्सक टोलीको नेतृत्व गरेर आएका डा. शिशिर देवकोटालाई सोधेका थियौं । अनलाइनखबरलाई उनले यसरी बताए :

    कोरोना संक्रमण गोरखाको गाउँगाउँ पुगिसक्यो । काठमाडौंमा बसेर डाटा हेर्दा काठमाडौंमा मात्र संक्रमण छ, गाउँमा छैन होला भन्ने लाग्थ्यो ।

    तर गोरखाको गाउँमा आएर हामीले जब स्क्रिनिङ र एन्टिजेन परीक्षण गर्दा पोजेटिभ केसहरू भेट्यौं । हामीले लिएको स्याम्पलमा कतै ३०/४० प्रतिशत पोजेटिभ पायौं, यो भनेको गाउँमा संक्रमण फैलिएको छ भन्ने पुष्टि हो । मानिसहरूको आवतजावत कम हुने गाउँहरूमा पनि ३० देखि ४० प्रतिशतमा संक्रमण देखिनु भनेको भयावह अवस्था हो ।

    संक्रमितहरूलाई ज्वरो आएको, श्वासप्रश्वासमा गाह्रो भएको, अक्सिजन अभाव भएको समस्या देख्यौं । अझ सबैभन्दा बढी समस्या त पीसीआर परीक्षणका लागि स्वाब संकलन भएकाहरूको रिपोर्ट आउन कम्तीमा एक हप्ता लाग्ने, अनि रिपोर्ट नआउँदासम्म शंकास्पद व्यक्ति गाउँमा घुम्ने, अरुसँग घुलमिल हुने हुँदा संक्रमणको दर बढेको देखिन्छ ।

    पीसीआर रिपोर्ट ढिलो आउँदा संक्रमणका बिरामीलाई निमोनिया बढेर श्वासप्रश्वासमा गाह्रो हुने अर्को समस्या देखियो । एन्टिजेन गर्दा तत्काल रिपोर्ट आउने र संक्रमित पुष्टि भएमा उपचारका लागि पनि सहज हुने भयो ।

    त्यसैले हामीले एन्टिजेन गरेका हौं । एन्टिजेन गर्नका लागि स्वास्थ्य संस्थामा तालिम प्राप्त जनशक्ति पनि अभाव देखियो । हामी पुगेको ठाउँमा तालिम पनि दियौं ।

    गोरखामा देखिएको महामारी नियन्त्रणका लागि स्क्रिनिङ र एन्टिजेन परीक्षणको दायरा बढाउनुपर्छ । लकडाउनलाई प्रभावकारी बनाउन पनि जरुरी छ । किनकि जमघट हुने, जुवातास खेल्ने, भोजभतेर गर्ने कामहरू रोकिएको छैन । घरको ढोका लागेको छ तर मान्छेभित्र होइन बाहिर छन् । यसले संक्रमण फैलिएर महामारीलाई निम्त्याउँछ ।

    अभियानमा गृह जिल्ला गोरखा आएका नेता श्रेष्ठसँग पनि हामीले कुराकानी गर्‍यौ । गोरखा आउनुको उद्देश्यबारे अनलाइनखबरको जिज्ञासामा उनले यसरी बताए :

    अहिले कोरोना महामारी देशभर फैलिएको छ । यो महामारीबाट जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । दोस्रो लहरको कोरोना जुन ढंगले बढिरहेको छ यसमा सरकारले ठीक ढंगले काम गर्न नसकेका कारण जनताको जीवनमा ठूलो खतरा उत्पन्न भएको छ ।

    हामीले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक हुन्छ । त्यही आवश्यकतालाई महसुस गरेर मैले कोभिड भोलेन्टिएर सर्भिसमार्फत काठमाडौंमा पनि सेवा पुर्‍याइरहेको छु । पहिलो लहरमा पनि हामीले सहयोग गरेका थियौं र अहिले दोस्रो लहरमा पनि काठमाडौंमा एम्बुलेन्सको रुपमा अक्सिजन सिलिण्डरसहितको गाडी प्रयोग गरिरहेका छौं ।                                                                               फोनकै भरमा पीसीआर परीक्षण गर्न चाहनेलाई त्यो सेवा उपलब्ध गराएका छौं । गोरखामा पनि संक्रमण दर बढ्न थाल्यो भनेपछि म चिकित्सक टोलीसहित गृह जिल्ला आएँ । पाँचवटा काम गर्ने लक्ष्यका साथ हामी आएका थियौं । हामीले त्यो पूरा गर्‍यौं ।

    एउटा स्थलगत रुपमै गएर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गर्‍यौं । दोस्रो संक्रमण पोजेटिभ देखिएकाहरूलाई आवश्यक परामर्श र औषधि उपलब्ध गराइयो । तेस्रो हामीले यहाँका  स्वास्थ्यकर्मीहरूलाई संक्रमितलाई कसरी परामर्श गर्ने भन्ने बारेमा सहजीकरण गर्‍यौं र ल्याबका स्वास्थ्यकर्मीहरूलाई एन्टिजेन परीक्षण गर्ने विधिबारेमा पनि सिकायौं ।

     

    स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायत सरोकारवालासँग समग्र परिस्थितिको छलफल गर्‍यौं । हामीले विभिन्न स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेका छौं ।

    परीक्षणको प्रक्रियामा सरकारले ढिलाइ गरिरहेको छ । पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा थप समस्या उत्पन्न भएको छ । आइसोलेसन सेन्टरहरू बनेका छैनन् । गाउँमा जनचेतनाको कमी छ । जनचेतना फैलाउनका लागि मैले सरोकारवाला र पार्टीका कार्यकर्ताहरूलाई निर्देशन समेत दिएको छु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑