वीरगञ्ज । राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालत जाने विपक्षी गठबन्धनले निर्णय गरेको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद् विघटन गरि मध्यावधि चुनावमा जाने कदम विरुद्ध विपक्षी पाँच दलका नेताहरु आइतबार सर्वोच्च अदालत निर्णय गरेका हुन् ।
विपक्षी गठबन्धनले एउटा संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरु सर्वोच्च जाने पाँच दलको नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले निर्णय गरेको जनाएका छ ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षड्यन्त्रपूर्वक संसद् विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने बताए ।
उनले आइतबार १४९ सांसद र यो विघटनको विपक्षमा रहेका नेताहरुसहित सर्वोच्च जाने बताए ।विपक्षी गठबन्धनले भोलि आइतबार १ बजे संसद् भवनमा सबै सांसदहरुलाई नागरिकतासहित बोलाएको छ ।