वीरगंज। पर्साको पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ पकाहामा समयमै सडक निर्माण नहुदाँ स्थानियलाई सास्ती भोग्नु परेको छ । सडक नबन्दा समान्य बर्षा हुदापनि सडक हिलामय हुने गरेको छ। पानीको निकाश नहुदा पानी पर्दा सडक हिलामय हुने र आवातजावतमा समेत समस्या हुने गरेको स्थानियले आरोप लगाएका छन । गाँउपालिका प्रमुखको बिजय चौरसियाको घर भएको गाँउको सडकको दुरदसा हेरेर स्थानिय अच्मित बनेका छन । पालिका प्रमुखको गाँउमा समेत सडक बन्न नसक्नु गाँउपालिका प्रमुख चौरसियाको कार्य क्षमता माथि प्रश्न उठेको छ ।निर्वाचित भएको तिन बर्ष बितिसक्दा पनि आफनो गाँउको सडक बनाउन नसक्ने चौरसियाले अन्य टोलमा कति बिकाश गरेका होलान सजिलै अनुमान गर्न सकिन्छ । नाम नबताउने शर्तमा एक स्थानियले गाँउको पोलको बति फियुज भए अर्को बति जडान गर्न बजेट नभएको चौरसियाले बताउने गरेको उनले आरोप लगाए । गाँउपालिकामा बिकाशको नाममा आएका करोडौं रकम खर्च भएपनि अहिले सम्म सडक नबन्नु सवै बिकाशहरु कागजमै सिमित भएको प्रष्ट हुन्छ । अहिले गाँउपालिका गरेका भ्रष्टाचारबारे थुप्रै मुद्दाहरु अख्तियारमा परेको बुझिएको छ ।