• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालको लागि बेलायतका नेपालीद्वारा दुई करोड २० लाख संकलन

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७८, शनिबार ०९:१५
  • २५५७

    लन्डन । नेपालमा तीव्र रुपमा बढ्दै गएको कोभिड(१९ को संकट समाधानको लागि आपतकालीन सहयोग स्वरूप बेलायतवासी नेपालीहरूद्वारा एक साता पनि नपुग्दै दुई करोड बीस लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको छ ।

    गत मे १५, मा बेलायतका लागी नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उप नियोग प्रमुख श्रीमती रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरूको बृहत बैठक सम्पन्न भएको थियो ।

    सो बैठकले ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको  थियो । प्रति अक्सिजन कन्सन्ट्रेटरको लागि करिब ७०० पाउन्डका दरले सहयोग रकम संकलन गरिएको हो ।

    विभिन्न संघसंस्था तथा व्यक्तिगत पहलमा समेत निरन्तर सहयोग संकलन भैरहेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । छैटौं दिनसम्ममा १९१ थान अक्सिजन कन्सन्ट्रेटरको लागि एक लाख ३३ हजार ७०० पाउण्ड अर्थात करिब दुई करोड बीस लाख रुपैयाँ बराबरको प्रतिवद्धता आइसकेको पनि भट्टराईले बताए ।

    एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले मातृभूमिमा परेको संकटको बेला सक्दो सहयोग गर्न सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई अपिल गरेकी छन् ।

    अभियानको छैटौं दिन पनि उत्साहजनक रुपमा सहयोगहरु प्राप्त भैरहेको आइसीसी सदस्य रामशरण सिम्खडाले रातोपाटीलाई बताए । बेलायतबाट कम्तिमा पनि दुई करोड ५० लाख बराबरको सहयोग हुने उनको आंकलन छ । ‘छोटो समयमा नै विभिन्न संघसंस्था र व्यक्तिगत पहलमा भएको यो  उत्साहजनक सहयोगबाट बेलायतवासी नेपालीको मातृभूमि प्रति कत्तिको मोह छ भन्ने स्पष्ट हुन्छ’ सिम्खडाले भने ।

    करिब एक सय वटा संघसंस्था तथा दुई दर्जन बढी व्यक्तिहरुले प्रतिवद्धता व्यक्त गरिसकेका छन् भने यो क्रम अझै जारी छ । जीवन रक्षाको पहिलो प्राथमिकता नै अक्सिजन कन्सन्ट्रेटर भएको र नेपालमा अक्सिजनका कारण कयौंको ज्यान गइरहेको हुँदा अक्सिजन कन्सन्ट्रेटर नै सहयोग गर्ने योजना अनुरुप काम अघि बढिरहेको हो । अबको केहि दिन भित्र नै कम्तिमा पनि १५० थान अक्सिजन कन्सन्ट्रेटर मसिन नेपालको  अति प्रभावित क्षेत्रमा पुर्याइने एनआरएनए यूकेले जानकारी दिएको छ ।

    राजदूत लोकदर्शन रेग्मीको प्रत्यक्ष निगरानीमा प्रक्रियालाई तीव्रताका साथ अघि बढाइएको छ । नेपाल सरकारले अख्तियारी गरेको एकद्वार प्रणाली मार्फत भन्सार तथा कर छुट लगायत निशुल्क ढुवानीको ब्यवस्था मिलाई न्यूनतम १५० थान  यहि मे २८ तारिख भित्र नेपाल पठाउने प्रकृयालाई तीव्रता दिइएको छ ।

    नेपालमा परेको संकटमा विदेशमा बस्ने नेपालीको योगदान उल्लेखनीय रहँदै आएको छ । आफ्नो गाँस काटेर भएपनि मातृभूमिको पीडामा मलम लगाउन संसार भरिका नेपालीहरु एक भएर लागि परेका छन् । जसको लागि गैरआवासीय नेपाली संघले खेलेको भूमिका अत्यन्त सह्रानिय छ । विदेशमा अलपत्र परेका नेपालीको उद्धार देखि लिएर नेपालमा स्वास्थ्य सामग्री पुर्याउने काममा समेत एनआरएनए ले उत्तिकै भूमिका निर्वाह गर्दै आइरहेको छ ।

    कोरोना महामारीका कारण आक्रान्त बनेको नेपालको आन्तरिक स्रोत र साधन पर्याप्त नभएपछि विदेशी मुलुकले सहयोग कार्य शुरु गरेका छन् । बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डस्मा नेपाललाई कोभिडविरुद्ध सहयोगबारे बिहीबार दिउसो १२.४० देखि करिब ११ मिनेटसम्म वहस चलेको थियो । विगत दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटेनको हरेक द्धन्द्ध र संकटमा बहादुर नेपालीले लडेर आफ्नो ज्यानको आहुति दिएका स्मरण गर्दै नेपाल सरकारले २० लाख खोप उपलब्ध गराउन ब्रिटेनसँग गरेको आग्रहबारे लर्ड ल्याङ्कास्टर अफ किम्बोल्टनले जिज्ञासा राखेका थिए ।

    प्रतिउत्तरमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले ब्रिटेनले कोभ्याक्स अन्तर्गत तीन लाख ४८ हजार डोज नेपालमा डेलिभरी भइसकेको सदनलाई जानकारी पनि गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑